ताजा अपडेट

थकाली खानाको स्वाद अब जितपुरमै, खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’

आज गाईजात्रा पर्व मनाइँदै

भोटेकोशी बाढीपछि मुग्लिङ–काठमाडौं सडकखण्ड पुनः सञ्चालनमा

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

लुम्बिनी सरकारमा के.सी को बेथिति सुरुवात नियम मिचेर कर्मचारी सरुवा

लुम्बिनी दर्पण २०७८ आश्विन ७, बिहीबार १५:५५
[sharethis-inline-buttons]

दाङ संवाददाता,
सरकार परिवर्तनसँगै विवादको घेरामा रहेको लुम्बिनी प्रदेश सरकार बेथितिको पर्याय बन्न थालेको छ । प्रदेशको नीति नियम बनाउने जिम्मेवार निकाय प्रदेश सरकारले नै पटक पटक नियम मिचेर अगाडि बढ्न थालेपछि थालेपछि बेथितिको पर्याय बनेको हो ।

आलोपालोमा नेपाली कांग्रेससँग सत्ता साझेदारी गर्नेगरी मुख्यमन्त्री बनेका कुलप्रसाद केसीले नियम मिचेर कर्मचारी सरुवा थालेर लुम्बिनी प्रदेशलाई बेथितिको केन्द्र बनाउने कार्यको थालनी गरेका छन् । कर्मचारी समायोजनका क्रममा प्रदेश संरचना रोजेका कर्मचारीलाई पाखा लगाउँदै संघको दरबन्दीमा रहेका कर्मचारीहरुलाई प्रदेशको जिम्मा दिएर कर्मचारी नियमावनीको धज्जी उडाउने कार्यमा स्वयं मुख्यमन्त्री लागि परेका छन् ।

कर्मचारी समायोजन ऐन अनुसार प्रदेशमा समायोजनमा गएका कर्मचारी कार्यरत रहेको अवस्थामा मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमै संघका कर्मचारी सरुवा गरेर ल्याइएको छ । समायोजनमा गएका कर्मचारी कार्यरत रहेकै अवस्थामा संघका कर्मचारी ल्याउन नपाउने प्रावधानको धज्जी उडाउँदै मुख्यमन्त्रीले संघका कर्मचारी सरुवा गरेर ल्याउने क्रम बढाउँदै लगेका छन् ।

समायोजनमा संघको दरबन्दी रोजेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत उपसचिव कमानसिंह थापा मगरलाई मुख्यमन्त्री केसीले आफ्नो निजी सचिवमा ल्याएका छन् । त्यस्तै जिल्ला प्रशासन कार्यालय दाङका शाखा अधिकृत यमबहादुर बुढा मगरलाई मुख्यमन्त्री केसीलेसरुवा शाखाको जिम्मेवारी सुम्पिएका छन् ।

त्यस्तै कर्मचारी समायोजनाका क्रममा प्रदेश रोजेर मुख्यमन्त्री कार्यालयमा कार्यरत दशौं तहका अधिकृत सुरेश आचार्यलाई हटाई मुख्यमन्त्री केसीले संघको दरबन्दीमा रहेका उपसचिव यमकान्त पाण्डेलाई कर्मचारी सरुवा प्रमुखको जिम्मेवारी सुम्पेका छन् । त्यस्तै संघको दरबन्दीमा रहेका बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर ओलीलाई अर्थमन्त्रालयमा ल्याइएको छ ।

 

आकर्षक कार्यालयमा निकट कर्मचारी सरुवा

कर्मचारी समायोजन नियमावलीको खिल्ली उडाउँदै प्रदेशका मन्त्रालयमा संघका कर्मचारी सरुवा गरेको लुम्बिनी प्रदेश सरकारको ध्यान प्रदेशका आकर्षक कार्यालयतर्फ सोधिन थालेको पाइएको छ ।

समायोजनका क्रममा प्रदेश रोजेर यातायात व्यवस्था कार्यालयमा कार्यरत अधिकृत केशव आचार्यलाई हटाई संघका उपसचिव तेजनारायण यादवलाई उक्त कार्यालयको जिम्मेवारी सुम्पिएको छ । पटक पटक अख्तियारको छानबिनमा परेका यादवलाई यातायात व्यवस्था कार्यालयको जिम्मेवारी सुम्पिएर मुख्यमन्त्री केसीले सुशासनको खिल्ली उडाएका छन् ।

त्यस्तै मुख्यमन्त्रीको आडमा विजय सुवेदी र ईश्वरी पौडेलले अर्घाखाँचीका डिभिजन वन अधिकृत मोहनप्रसाद श्रेष्ठलाई डिभिजन वन कार्यालय दाङमा सरुवा गरेका छन् । कर्मचारी नियमावलीले २ वर्षसम्म कर्मचारी सरुवा गर्न नपाउने प्रावधान रहेको भए तापनि ६ महिना नबित्दै मुख्यमन्त्रीको आडमा विजय सुवेदी र ईश्वरी पौडेलले श्रेष्ठलाई सरुवा गरेका छन् । उक्त स्थानमा
ईश्वरी पौडेल आफै गएका छन् । जहाँ व्यापक आर्थिक चलखेल भएको स्रोतले बताएको छ । त्यस्तै
डिभिजन वन कार्यालय पाल्पाबाट सरुवा हुन लागेका डिभिजन वन अधिकृत मोहन पौडेल र उक्त कार्यालयमा जान लागेका दिपक ज्ञवालीको पत्र मुख्यमन्त्री कार्यालयले रोकेर राखेको बुझिएको छ ।


प्रकाशित : २०७८ आश्विन ७, बिहीबार १५:५५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

धान उत्पादन बढाउन र कृषि आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

मुख्यमन्त्री आचार्य र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने

बाणगंगा वेलफेयरको सामाजिक अभियानमा सक्रिय भूमिका निभाएका पौडेल सम्मानित

भर्खरै

  • थकाली खानाको स्वाद अब जितपुरमै, खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’

  • आज गाईजात्रा पर्व मनाइँदै

  • भोटेकोशी बाढीपछि मुग्लिङ–काठमाडौं सडकखण्ड पुनः सञ्चालनमा

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech