बुटवल,आश्विन ११
बुटवलमा निर्माणाधीन घरबाट खस्दा एक जना मिस्त्रीको मृत्यु भएको छ। भने । मृत्यु हुनेमा दाङको लमही नगरपालिका–९ वनभुटानी स्थायी घर भएका ३० वर्षीय किसन चौधरी रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
बुटवल उपमहानगरपालिका–१४ पत्थरगंजस्थित देव बहादुर खत्रीको निर्माणाधीन घरको तेस्रो तलामा प्लास्टर गर्ने क्रममा आइतबार बाँस भाँचिएर लड्दा गम्भीर चौधरी गम्भीर घाइते बताएका थिए । चौधरीलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलतर्फ लैजाने गर्दा बाटोमा नै मृत्यु भएको हो ।
सोही निर्माणाधीन खसेर बाँकेकोकोहलपुर नगरपालिका–२ बर्दहवाका २५ वर्षीय गोबिन्द प्रसाद थारु घाइते भएका छन् ।उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैइ रहेको छ ।




















