ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

नेपालमा कोरोना विरूद्धको खोप कति प्रभावकारी

लुम्बिनी दर्पण २०७८ आश्विन १३, बुधबार १५:५१

काठमाडौं , आश्विन १३

नेपालमा कोरोनाविरुद्वको खोप लगाएका व्यक्तिहरुमा कोभिड संक्रमण भएपनि गम्भिरखालको संक्रमण नदेखिएको र मृत्यु संख्या पनि कम रहेको पाइएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले कोरोनाविरुद्वको पूर्णमात्रा खोप लगाएका व्यक्तिमा कोरोना पोजेटिभ हुँदा गम्भीरखालका असरहरु देखा नपरेको बताए । मुत्यु संख्या पनि नगण्य रहेको उनको भनाई छ । अस्पतालले दिएको जानकारीअनुसार खोप लगाए पछि संक्रमण भएकाको मृत्यु संख्या कम रहेको उनले बताए ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा। अनुप बास्तोलाले अस्पतालमा आउने कोभिडविरुद्वको खोप लगाएका विरामीहरुको अवस्था अहिलेसम्म गम्भीर नभएको बताए। अस्पतालमा उपचारका लागि आउनेहरुमा खोप लगाएकाहरु पनि आएकाले खोपले मात्र कोरोना संक्रमण नरोक्ने उनले बताए । “अस्पतालमा आउने कोभिडका बिरामीहरुमा कोभिडविरुद्वको पूर्ण खोप लगाएकाहरु पनि छन्, यसकारण कोभिडविरुद्वको खोपले संक्रमण रोक्छ भन्ने हुदैन” उनले भने “तर, खोप लगाएकाहरुमा गम्भीरखालको समस्या भने आएको छैन ।” खोप लगाएकाहरुमा संक्रमण भएपनि मृत्युहुने सम्भावना निकै कम भएको उनको भनाई छ ।

टेकु अस्पतालमा कोभिड भएर आउनेहरुमा खोप लगाएका ३० देखि ४० प्रतिशत रहेको बास्तोलाले बताउनुभयो । खोप लगाएका कोभिडका बिरामीहरुको निको हुने समय पनि कम रहेको देखिएको उनले जानकारी दिए। यता, त्रिवि शिक्षण अस्पतालमा पनि खोप लगाएका विरामीहरु ३० देखि ४० प्रतिशतका दरले आउनेगरेको डा। निरज बमले बताए । खोप लगाएका कोरोना संक्रमितहरुमा गम्भीरखालको लक्षण भने नदेखिएको उनको भनाइ छ । खोप नलगाएकाको तुलनामा खोप लगाएका व्यक्तिहरुमा गम्भीरखालका समस्या देखिएन बमले भने।

नेपालमा संक्रामक रुपमा रहेको डेल्टा भेरियन्टका कारण खोप लगाएकाहरु पनि संक्रमित भएको हुनसक्ने उनको भनाई छ । त्रिवि शिक्षण अस्पतालमा आउने संक्रमितहरुमध्ये खोप लगाएकाहरुको मृत्यु कम रहेको बमले बताए। यता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा।कृष्णप्रसाद पौडेलले कोरोना संक्रमण भएकाहरुमध्ये खोप लगाएकाको संख्या मात्र १३ प्रतिशत रहेको बताए। हालसम्म नेपालमा पीसीआर रिपोर्टमा पोजेटिभ भएका सात लाख ६२ हजार चार सय १६ जनामध्ये १३ प्रतिशतले मात्र खोप लगाएको उनले बताए ।

देशभरका विभिन्न प्रयोगशालाले दिएको जानकारीका आधारमा यो प्रतिशतको संख्या निर्धारण गरिएको उनले बताए । खोप प्राप्त गर्नेमा कोरोना संक्रमण नभएका ८७ प्रतिशत देखिएको पौडेलले बताए । “गम्भीरखालको लक्षण नदेखिएसम्म पीसीआर परिक्षण गर्न नगएको देखिन्छ यसकारण पनि खोप लगाउनेहरुमा कोरोना संक्रमण भएकाहरु धेरै हुन सक्छन्” उनले भने।( स्रोत गोरखापत्र


प्रकाशित : २०७८ आश्विन १३, बुधबार १५:५१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

धान उत्पादन बढाउन र कृषि आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

मुख्यमन्त्री आचार्य र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech