बुटवल, असोज १५
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड देवदह शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ ।कम्पनीको देवदह शाखाले बीमा बापतको १लाख बत्तिसहजार एक सय पच्चिस रुपैयाँ बीमितको परिवारलाई भुक्तानी गरेको हो ।
कम्पनीद्धारा बुटवल १३ बुद्धनगरका मृतक शिव बहादुर रावलको परिवारलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको छ । उक्त चेक बीमितको बसोबास गरेको स्थानमा एक कार्यक्रमको आयोजना गरी कम्पनीका शाखा प्रमुख विनिता श्रीसले हस्तान्तरण गरेकी हुन ।




















