तिलोत्तमा ,अशोज १६
रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी सिता भण्डारी मृत्यु प्रकरणबारे जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अनुसन्धानको प्रगति विवरण सार्वजनिक गरेको छ प्रहरीले बाहीर भैरहेका गतिबिधि भन्दा र गरिएका आशंका भन्दा फरक तरिकाले रिर्पोट सार्बजनिक गरेको हो । भण्डारी गत भदौं १९ गते आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेकी थिईन् । पोष्टमार्टम रिपोर्टमा सीताले झुण्डिएर आत्महत्या गरेको देखिएपनि माइती पक्षले भने सीताको हत्या भएको भन्दै दिनानु दिन आन्दोलन गर्दे आएको छ ।
छोरीको हत्या नै भएको भन्दै मृतकका बाबु हरिप्रसाद भण्डारीले बुटवल ईलका प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । त्यहाँका प्रमुखले किटानी जाहेरी लिन नमानेपछि आन्दोलन सुरु भएको थियो । त्यस आन्दोलनको दबावमा आएपछि आत्माहत्या दुरुसाहनको मुद्दा दायर गर्न लगाइएको थियो । लगत्तै आरोपित श्रीमान टीका पौड्याल, उनकी दिदी बिष्णु पौड्याल, जेठाजू हरि पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसपछि अदालतले म्याद थप गर्न मानेन भन्दै उनीहरुलाई प्रहरीले छाड्ने संकेत गरेपछि थप आन्दोलनहरु भएका थिए । यसै क्रममा घटनाको २६दिन पछि प्रहरीले २७ वर्षीया भण्डारी पौडेलले आत्महत्या नै गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनको मृत्यु प्रकरणबारे हालसम्म भएका अनुसन्धानबारे जानकारी दिएको हो।
अनुसन्धान अनुसार पौडेलको मृत्यु कर्तव्यबाट नभई झुण्डिएर मृत्यु भएको देखिएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बताए।
अनुसन्धानका क्रममा मृतक सीता र उनका श्रीमान टिका पौडेलको मोबाइलको प्राविधिक परीक्षणसमेत गरिएको थियो। डिजिटल फरेन्सिक ल्याबमा मोबाइल परीक्षण गर्दा सीताले आफ्ना श्रीमानको नाममा आइफोनको नोट एप्लिकेसनमा सुसाइड नोट लेखेको भेटिएको थापाले बताए। अनुसन्धान अनुसार आत्महत्या गर्नुअघि २० गते नै बिहान राति पौडेलले श्रीमानलाई करिब साढे १२ बजे सुसाइड नोट लेखेको पाइएको छ। फरेन्सिक रिपोर्टमा सीताले नेपालीमा लेखेको सुसाइड नोट प्राप्त भएको थापाले बताए ।




















