काठमाडौं
सर्वोच्च अदालतमा इजलास बहिष्कार गर्ने १५ न्यायाधीशविरुद्ध सर्वोच्च अदालतमै रिट दायर भएको छ। न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा। मनोजकुमार शर्मा, डा। कुमार चुडाल र नहकुल सुवेदीविरुद्ध रिट निवेदन परेको हो ।
अधिवक्ता कृष्ण प्रसाई, तोयानाथ ढुंगाना लगायतले १५ न्यायाधीशविरुद्ध दायर गरेको रिटमा शुक्रबारबाटै मुद्दा स्वच्छ सुनुवाइका लागि परमादेश जारी गर्न माग गरिएको छ। सर्वोच्च प्रशासनले भने रिट दर्ता भइनसकेको र प्रक्रियामा रहेको जनाएको छ।
न्यायाधीशहरूले इजलास बहिष्कार गर्दा बन्दी प्रत्यक्षीकरणसहित तत्काल सुनुवाई प्रभावित हुँदा न्यायको हक उल्लंघन भएको भन्दै पेशी सूचीमा रहेका मुद्दा हेर्न परमादेशको माग गरिएको छ ।न्यायाधीशविरुद्ध रिट निवेदन दिनेमा अधिवक्ताहरू तोयनाथ ढुंगाना र कीर्तिनाथ शर्मा पौडेल, सभ्यता नेपाल, नकुल तिमल्सिना, शिवराम थापा र नेत्रप्रसाद मैनालीलगायत छन् ।
मुद्दाको सुनुवाई नहुँदा बन्दी र थुनुवाहरुले बिनाकारण सुनुवाई नै नभई चाडपर्वहरू समेत थुनामै रहन बाध्यतामा पार्ने स्थिति भएको हुँदा उक्त उल्लेखित मौलिकहरुको गम्भीर उल्लंघन हुन पुगेको छु रिटमा भनिएको छ।




















