तिलोत्तमा कात्तिक २१
तिलोत्तमा ११ का एमालेका नेता स्व.लक्ष्मण बि क को नौँ दिनको पुन्यतिथिको अबसरमा तिलोत्तमा ११ शाखा कमिटीको आयोजनामा श्रद्धाञ्जली कार्यक्रम आज सम्पन्न गरेको छ । कार्यक्रममा लुम्बिनी प्रदेश कमिटी सदस्य,कबिराम अर्याल, बुद्धि सागर भट्टराई, शाखा कमिटी अध्यक्ष राधा शाहि,सचिब घननाथ पौडेल ,उपसचिव,लक्ष्मी गजमेर उमेश बस्याल ,बिष्णु भट्टराई सहिताको उपस्थितिमा कार्यक्रम सप्पन्न भएको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेश कमिटी सदस्य,कबिराम अर्यालले स्व. वि क को अकल्पनीय निधनले पार्टीलाई ठुलो क्षती पुगेको ,पार्टीले एक सक्रिय ,इमानदार कार्यकर्ता गुमाएको भन्दै यो दुखको घडीमा परिवारमा दुख सहने शक्ती भगवानबाट प्राप्त होस भन्दै मृतकको आत्माको शान्ती कामना गरिएको थियो ।




















