काठमाडौं, कार्तिक २७
सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आए पछि उनी मेडिसिटी अस्पतालमा भर्ना भएका हुन् ।
कामको व्यस्थता बढ्दै गएपछि रक्तचाप बढेर स्वास्थ्यमा समस्या आएको छोरी गंगा दाहालले जानकारी दिएकी छन् ।छोरी गंगाका अनुसार अहिले अवस्था सामान्य रहेको र चिकित्सकको सल्लाहअनुसार केही घण्टा आराम गराई डिस्चार्ज गरिने छ ।



















