तिलोत्तमा
तिलोत्तमामा नगरपालिका स्तरीय किशोर–किशोरी स्वास्थ्य प्राथमिकीकरण कार्यक्रम आज सम्पनन भएको छ । हिजोदेखि सुरु भएको दुई दिने कार्यशालामा तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरुदेवी चौधरीले नगरपालिकाले किशोरकिसोरीका मुद्दालाई सधै समबोधन गर्ने प्रतिवद्वता जनाउनुभयो । आहा परियोजनाको आयोजना, नेपाल परिवार नियोजन संघ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा भएको कार्यक्रममा डा. लक्ष्मीराज जोशी र प्रगती जोशीले,अनु विष्ट,कविता अर्याल,विश्व स्वास्थ्य संगठनका हरिप्रसाद भुसाल ,आहाका राधिका घिमिरे लगायतले किशोरीहरुको स्वास्थ्य ,शिक्षालगायतका विषयमा नगरपालिका र सरोकारवालाहरुको भूमिकाका बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा शिक्षा, स्वास्थ्य र बालक्लव आवद्ध संघ संस्थाहरुको सहभागिता रहेको थियो । स्थानीय तहमा किशोरकिशोरीहरुको स्वास्थ्य अवस्था, मुख्य समस्या र स्थानिय तहबाट किशोरकिशोरीको आवश्यकतालाई निति निर्माण तहसम्म पुर्याउन आगामी कार्ययोजनाका बारेमा छलफल भएको थियो ।




















