ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

एमाले कपिलवस्तुको बैठकः जिल्लाअधिबेशनले नयाँ नेतृत्व छान्ने, अध्यक्षमा पोखरेल नदोहोरीने

लुम्बिनी दर्पण २०७८ पुष ११, आईतवार ०९:२०
[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
नेकपा एमाले कपिलवस्तुको जिल्ला अधिबेशनले नयाँ नेतृत्व छान्ने निश्चित भएको छ । तेश्रो पूर्ण बैठकवाट ९ औ महाधिबेशन पुस २३ मा शिद्धार्थ क्याम्पसको सभाहलमा आयोजना गर्ने निर्णय भए लगत्तै बोल्दै अध्यक्ष झविलाल पोखरेलले आफ्नो कार्यकाल राष्ट्रिय परिस्थितीका कारण लम्वीएर ९ बर्ष पुगेको भन्दै अव भने नदोहोरीने प्रष्टाउनु भयो । अध्यक्ष पोखरेलद्वारा नदोहोरीने घोषणा मात्र गर्नु भएन नयाँ नेतृत्वकालागि फिल्ड खाली भयो तपाईहरु मध्ये उपयुक्त पात्रले दावि र तयारी गर्नुहोस भन्नु भयो । अहिले सम्म अध्यक्षकालागि पूर्ब उपाध्यक्ष रहेर धेरै वर्ष काम गर्दै अहिले प्रदेश कमिटी सदस्यमा रहनु भएका डम्मर शर्मा र वर्तमान उपाध्यक्ष बाबुराम खनालले आआफ्ना इच्छा प्रकट गर्न थाल्नु भएको छ । पछिल्ला दिनमा प्रदेश सदस्य खुम प्रसाद आचार्यले समेत अध्यक्षमा आफ्नो इच्छा प्रकट गरेको एमाले बृत्तमा चर्चामा रहेको छ ।

यसैबीच नेकपा एमालेको पोलिटब्यूरो सदस्य एवम लुम्विनी प्रदेश सह इन्चार्ज बिमला घिमिरेले कपिलवस्तु जिल्लालाई एमालेमय बनाउने काममा निरन्तर सफलता हासिल भएको वताउनु भएको छ । कपिलवस्तुको बिजयनगरमा सम्पन्न नेकपा एमाले कपिलवस्तुको तेस्रो पूर्ण बैठकले सम्बोधन गर्दै नेता घिमिरेले पुस २३मा हुने नवौं जिल्ला अधिबेशनबाट सर्बसहमत रुपमा नेतृत्व छनौट गरेर उदाहरणीय सन्देश दिन कार्यकर्तालाई आग्रह गर्नुभयो । अनुशाशित पार्टी र देशको ठूलो पार्टी निर्माण गर्ने वताउदै अवको ५ बर्ष केपी ओलीको नेतृत्वको सरकारले काम गर्ने जनमत आउने चुनाववाट पाउने दृढता प्रकट गर्नु भयो।

नेकपा एमालेका केन्द्रीय सदस्य गीरधारीलाल न्यौपानेले ताजा जनादेशमा जानु लोकतन्त्र बिरोधी नभएको बताउनुभयो । न्यौपानेले ताजा जनआदेशमा जाने कुरा माओवादी र नेकपा एकीकृत समाजवादी बाहेक सबैलाई मन परेको स्पष्ट पार्नु भयो । उहाँले माओवादीको केन्द्रले मसालका जिल्लास्तरमा विद्रोह गरेर २÷४ कार्यकर्तालाई पाटीमा भित्राएर पार्टी एकताको हल्ला गर्नु पराजित मानसिकता , हतार मनस्थिती र निरासाजनक आत्मवलको कारण भएको दाबी गर्नु भयो ।

बैठकलाई संवोधन गर्दै एमालेका केन्दिय सदस्य एवम कपिलवस्तु जिल्ला इन्चार्ज बलाराम अधिकारीले स्थानीय तहको चुनावमा राजमार्ग क्षेत्रका सबै पालिकामा एमालेको एकछत्र नेतृत्व गर्ने वताउनु भयो । उहाँले एमालेले कपिलवस्तुका ३ वटै क्षेत्र जित्ने ठोकुवा गर्नु भयो ।एमालेका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले एमालेको जिल्ला अध्यक्षका हिसावले ९ वर्ष काम गर्दा हरेक मोर्चाको नेतृत्व गर्दा सफलता पाएको वताउदै एमालेका निष्ठावान कार्यकर्ताका कारण आफू उत्साहीत रहेको औल्याउनु भयो । कपिलवस्तु हिजो भन्दा आज झनझन सुदृढ भएकोमा खुशी ब्यक्त गर्नु भयो ।

यसैबीच जिल्ला कमिटीको विजयनगरमा सम्पन्न पूर्ण बैठकले एमाले कपिलवस्तुको जिल्ला अधिबेशनमा ६ सय प्रतिनिधि सहभागी हुने गरी मापदण्ड तय गरेको छ । एमाले जिल्ला अध्यक्ष झबिलाल पोख्रेलका अनुसार ४० जना संगठित पार्टी सद्स्य बराबर १ जनाका हिसाबले प्रतिनिधि छानिने गरि निर्णय गरेको छ । दलिततर्फ २५ बराबर १ प्रतिनिधि हुनेछन । ९६ वडालाई केन्द्र मानी प्रतिनिधी छानिने छन् । हरेक जन संगठनबाट ३ ÷३ जना प्रतिनिधी छानिने छन , जसमा १ जना महिला अनिवार्य छानिनु पर्ने छ ।

अधिबेशनलाई भब्य रुपमा सम्पन्न गर्न अध्यक्ष झविलाल पोख्रेलको संयोजकत्वमा राजनैतिक तथा सांगठनिक प्रतिवेदन लेखन समिती, वावुराम खनालको संयोजकत्वमा अतिथी सत्कार समिती,चक्रपाणी अर्यालको संयोजकतवमा खाद्य तथा आवास समिती , धर्मराज भुसालको संयोजकत्वमा प्रतिनिधी जाँचबुझ समिति,वावुराम आचार्यको संयोजकत्वमा अर्थ ब्यवस्थापन समिति गठन गरेको छ । यसैगरी लक्ष्मण बेल्पासेको संयोजकत्वमा प्रचार प्रसार समिती,गोपालमणी ज्ञवालीको संयोजकत्वमा स्वयम सेवक परिचालन समिती,विश्व कार्कीको संयोजकत्वमा मञ्च सजावट समिती गठन गरेको छ ।

जिल्ला सचिव वावुराम आचार्यको सहजीकरणमा भएको बैठकमा केन्द्रिय सदस्य शुसिल कुमार श्रीवास्तव , उपाध्यक्ष वावुराम खनाल , क्षेत्रिय इन्चार्ज सिवी गहतराज लगायतले वोल्नु भएको थियो । बैठकमा केन्द्रिय सल्लाहकार इन्द्रमणी पौडेल,साधुराम खनाल,केन्द्रिय लेखा आयोगका उपाध्यक्ष विष्णु पन्थी,प्रदेश नेता डम्मर शर्मा,खुम आचार्य,प्रभा पौडेल,जंजिर थारु लगायतको आतिथ्यता रहेको थियो ।बैठकले चुस्त दुरुस्त ब्यवस्थापन गरेर संचालनको राम्रो प्रबन्ध मिलाएको विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापा लगायत पालिका कमिटीलाई हार्दिक कृतज्ञता प्रकट गरेको छ । यसै गरी बैठकले क्रिसमस डेको अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना ब्यक्त गरेको छ ।

 

 


प्रकाशित : २०७८ पुष ११, आईतवार ०९:२०

लुम्बिनी दर्पण

लेखकबाट थप

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
  • दोस्रो कपिलवस्तु व्यापार मेलाको तयारी तीव्र, पत्रकार सम्मेलनमार्फत जानकारी गरिँदै
प्रतिक्रिया

यो पनि पढौँ

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

देशभर एउटै ग्यास सिलिन्डर लागू गर्ने सरकारको तयारी

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech