ताजा अपडेट

कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

बहुसरोकार मञ्चद्वारा प्रथम २५७०औँ शाक्य पितृ स्मरण दिवस मनाइने

क्रोएशिया–अमेरिका पठाइदिने भन्दै लाखौं ठगी, तीन जना प्रहरी नियन्त्रणमा

स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा

बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

काठमाडौंमै आठ हजार १९७ मत बदर

लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

जन्मोत्सवमा विपन्न र अपांगको साहारा बन्दै सभापति खत्री, छात्रवृत्ति र न्यानो कपडा प्रदान

लुम्बिनी दर्पण २०७८ पुष १६, शुक्रबार १६:३७
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
जन्मदिनमा होटल तथा रेष्टुरेण्टमा केक काट्ने, साथिहरुसंग शुभकामना आदान प्रदान गर्ने, पार्टि दिने, नाचगान गर्ने अनि गिफ्ट प्राप्त गर्ने भन्ने कुरा बुझिन्छ तर यो धारणा गलत हो । उन्मोत्सव मनाउने व्यक्तिमा आफूभन्दा ठूलाको सद्भाव, प्रेम र मार्गदर्शन प्राप्त हुन्छ ।
खानेकुरा तथा फलफूल वितरण तपाईं आफनो जन्मदिनका दिन कुनै पनि वृद्धाश्रम, वालआश्रम, गरिव, भोका नाङ्गा आदीलाई आफनै हातले वा कोही व्यक्तिहरुमार्फत खानेकुराहरु वितरण गर्न सक्नुहुनेछ । हाम्रो शास्त्रीय मान्यताले भोका व्यक्तिलाई खान दिएमा सबैभन्दा ठूलो पुण्य हुने उल्लेख गरेको छ । खानेकुराको वितरणले भोको रहेका व्यक्तिमा तृप्तता हुने र उक्त तृप्तताको फल खानेकुरा वितरण गर्नेको जीवनमा झल्कने दर्शनभित्र ठूलो विज्ञान निहीत छ ।

हाम्रो समाजमा जन्मोत्सवमा पश्चिमेली संस्कृति हावि नभएको होईन, तर एक विद्यार्थी नेता जस्ले विपन्न तथा जेहेन्दार विद्यार्थी तथा अपांगता भएका व्यक्तिसंग मनाएका छन् । उनी हुन् सिद्धार्थ क्याम्पसका स्ववियु सभापति सुशिल खत्री जो दुःखीको साहारा बनेका छन् । उनले आफ्नो २९ औँ जन्मोत्सवको अवसर पारी पुर्व सन्ध्यामा ६ जना विपन्न जेहेनदार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेका छन् भने अपांगता भएका १ जना विद्यार्थी र क्याम्पसका माली टेकेन्द्र क्षेत्री, क्याम्पसमा रक्षक (सेक्युरिटी गार्ड) दिलिपनायव क्षेत्रीलाई १/१ सेट न्यानो कपडा वितरण गरी जन्मोत्सवमा सामाजिक रुपान्तरणको काम गर्नुपर्छ भन्ने गतिलो उदाहरण दिएका छन् । अनेरास्ववियुका केन्द्रिय सदस्य समेत रहेका सभापति खत्रीले यस भन्दा अगाडि पनि जन्म दिनमा फजुल खर्च नगरी सामाजिक क्षेत्रमा योगदान गर्दै आएका छन् ।

सभापति खत्री भन्छन्, ‘आफ्नो सबै खुसीमा आफु मात्र खुसी हुनु जीवन सफल हुनु होईन, आफ्नो थोरै खुसी बांडेर अरुलाई पनि खुसी बनाउनु नै जीवनको सफलता हो’ । उनले जन्म दिनमा अनावश्यक खर्च नगरी वृद्धाश्रम, वालआश्रम, गरिव, भोका नाङ्गा आदीलाई साहारा दिन सबैलाई आग्रह गर्दै आगामि दिनमा पनि यस्तै कार्य गर्ने प्रतिवद्धता जनाए ।

फरक प्रसंगमा सभापति खत्रीले क्याम्पसमा विभिन्न संगठनले अध्यापनमा अवरोध गरिरहेकाले विद्यार्थीको जिवनमा खेलवाड नगर्न आग्रह गरेका थिए । उनले हरेक विद्यार्थीका समस्यालाई स्ववियुले सहजिकरण गर्दै आएकोले स्ववियुले गरेका उदाहरणिय कार्य छर्लङ्ग रहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा सांसद बिमला घिमिरेले खत्रीलाई जन्म दिनको शुभकामना दिंदै शैक्षिक विकासका लागि गरेको कार्यको प्रशंसा गरिन् । सांसद घिमिरेले सिद्धार्थ क्याम्पसले क्यु.ए.ए. प्रमाण पत्र पाप्त गर्न, जिल्लाकै ठुलो क्याम्पसको रुपमा पहिचान बनाउन सक्नु लगायत क्याम्पस हरेक क्षेत्रमा विकास हुनुमा खत्री नेतृत्वको स्ववियुको अहम भूमिका रहेको बताईन् । उनले क्याम्पसमा अध्यापनका साथै राष्ट्र निर्माणको पक्षमा लाग्ने संगठनमा आवद्ध भई राजनिति पनि गर्न विद्यार्थीहरुलाई अनुरोध गरिन् ।

त्यस्तै कार्यक्रमका विशिष्ठ अतिथि पुर्व क्याम्पस प्रमुख बालाराम ज्ञवालीले आफ्नो कार्यकालमा खत्रीले स्ववियु चुनाव जितेको स्मरण गर्दै हरेक विद्यार्थीको मनमा बस्न सफल भएको बताए । उनले खत्रीले गरेको यो कार्यले अन्यले पनि प्रेरणा लिनुपर्ने बताए ।

कार्यक्रममा कलाकार बिमल गैरे र बर्षा लम्सालले मनोरन्जनात्मक गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

सभापति सुशील खत्रीको अध्यक्षता, क्याम्पस प्रमुख खेमराज शर्मा लगायत प्राध्यापक तथा विद्यार्थीहरुको उपस्थिती रहेको कार्यक्रम अनेरास्ववियुका विद्यार्थी नेता बसन्त बेल्बासेको स्वागत तथा पत्रकार चन्द्रकान्त न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७८ पुष १६, शुक्रबार १६:३७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बहुसरोकार मञ्चद्वारा प्रथम २५७०औँ शाक्य पितृ स्मरण दिवस मनाइने
  • स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा
  • बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री
  • काठमाडौंमै आठ हजार १९७ मत बदर
  • लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल
प्रतिक्रिया

यो पनि पढौँ

कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

बाबुल र दर्शन मालिकाका मालिक को हुन ? तौफिकको संलग्नता नभएको पुष्टि

गौर तनाव : सेना परिचालनपछि पनि राेकिएन आगजनी, भित्री भाग अझै अशान्त

गौर नगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी

राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय हुने फैसला

संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न

बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी

सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

पहिलाे पाईलाकाे स्लाे रेस ७० प्रतिस्पर्धी

साईवर अपराध कसुरमा शुद्धोधनका पुर्व कर्मचारी गौड पक्राउ

शुसिला कार्की सरकार संकटमा छ : राजमो महासचिव भट्ट

भर्खरै

  • कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

  • बहुसरोकार मञ्चद्वारा प्रथम २५७०औँ शाक्य पितृ स्मरण दिवस मनाइने

  • क्रोएशिया–अमेरिका पठाइदिने भन्दै लाखौं ठगी, तीन जना प्रहरी नियन्त्रणमा

  • स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा

  • बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

  • काठमाडौंमै आठ हजार १९७ मत बदर

  • लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

  • जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

  • सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा

  • प्रोटिन र भिटामिनको स्रोत च्याउ: किन बढ्दैछ यसको माग?


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech