तिलोत्तमा चेम्बर अफ कमर्सको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संघका अध्यक्ष बाबुलाल भुसालज्यूको अध्यक्षतामा एवं तिलोत्तमा नगरपालिका का नगर प्रमुख बासुदेब घिमिरेज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न व्यक्तित्व एवं अतिथिज्यूहरुले सान्दर्भिक शुभकामना मन्तब्य राख्नु भएको थियो ।
सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि बासुदेव घिमिरेज्यूले संस्थाले गरेका व्यावसायिक एवं सामाजिक कार्यहरु अग्रभागमा रहेर कार्य गरेको प्रति धन्यवाद ब्यक्त गर्नुभएको थियो साथै उद्योगी व्यवसायीहरुको समस्य समाधानको लागि आफ्नो तर्फबाट आवश्यक अन्य सहयोग गर्ने प्रतिवद्वता समेत ब्यक्त गर्नु भएको थियो ।
संस्थाका अध्यक्ष बाबुलाल भुसालज्यूले संघले आ.व.२०७७/०७८ मा गरेका कार्यहरू एवं आगामी आ.व.२०७८/०७९ को कार्ययोजनाहरु प्रस्तुत गर्नु भएको थियो साथै उद्योगी, व्यावसायिक एवं सामाजिक कार्यहरु निरन्तर अगाडी बढाउदै लैजाने जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य प्रथम उपाध्यक्ष रामचन्द्र पाण्डेले राख्नु भएको थियो भने शुभकामना मन्तव्य नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष टंक प्रसाद पोखरेल , आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख मुक्तिराम आचार्य, संघका संस्थापक अध्यक्ष एवं संरक्षक तथा लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका महासचिव झबिन्द्र प्रसाद कंडेल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कसोजु , तिलोत्तमा नगरपालिका वडा नम्बर १ का अध्यक्ष तामानाथ पाण्डे लगायतले शुभकामना एवं आ-आफ्ना भनाईहरु राख्नु भएको थियोे ।
कार्यक्रममा कोषाध्यक्षको प्रतिवेदन एवं आगामी वर्षको अनुमानीत आय व्याय कोषाध्यक्ष बाबुराम कंडेलले प्रस्तुत गर्नु भएको थियोे
कार्यक्रमको संचालन महासचिव बिष्णु बरालले गर्नु भएको थियोे भने अतिथिज्यूहरुको व्यवस्थापन सचीव मान बहादुर बर्माले गर्नु भएको थियो । उद्योगी, व्यवसायी सदस्यज्यूहरुकाे रजिस्ट्रेशन वडा अनुसार छुट्टाछुट्टै गरिएको जानकारी गरिएको थियो ।
साथै कार्यक्रममा अन्य अथितीज्यूहरु, सल्लाहकार, पुर्व पदाधिकारी, पुर्व कार्यसमिति सदस्य, पुर्व लेखासमिति साथै संघका पदाधिकारी, कार्यसमिति सदस्य, लेखासमिति, उद्योगी, व्यवसायी सदस्यज्यूहरु एवं कर्मचारीहरुको उपस्थिति रहेकोे भयो ।



प्रकाशित : २०७८ पुष २२, बिहीबार १८:३३

















