ताजा अपडेट

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बैंकमा कोरोनाः ६ हजार कर्मचारीमा संक्रमण, सयभन्दा बढी शाखाको सेवा ठप्प

लुम्बिनी दर्पण २०७८ माघ ९, आईतवार १७:२२
[sharethis-inline-buttons]

लुदअ ९ माघ, काठमाडौं
कोरोना महामारीको तेस्रो लहरका कारण देशभरको बैंकिङ तथा वित्तीय सेवा प्रभावित हुन थालेको छ । बैंकका कर्मचारीहरुमा संक्रमणदर बढ्दै मात्रै गएको छैन, सबैजसो कर्मचारी संक्रमित भएपछि बैंकहरुका थुप्रै शाखाले त सेवा नै बन्द गर्नु परेको छ ।

राष्ट्रिय वाणिज्य वाणिज्य बैंकको सुर्खेत शाखा कार्यालयमा कार्यरत सुरक्षा गार्डलाई गत २ माघमा कोरोना संक्रमण पुष्टि भयो । बैंकको सबैभन्दा फ्रन्टलाइन पहिलो घेरा मा रहेका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि अन्य कर्मचारीहरुलाई पनि परीक्षण गरियो । कोरोना परीक्षण गर्दा अन्य कर्मचारीहरु पनि संक्रमित भए । राष्ट्रिय वाणिज्य बैंकको सुर्खेत शाखामा १८ जना कर्मचारीहरु कार्यरत छन् ।

पटक(पटकको परीक्षणमा १८ मध्ये १४ जना कर्मचारीहरुमा संक्रमण पुष्टि भयो । बाँकी चार जनामा पुष्टि नभए पनि केही संकेत भने देखिएको थियो । बैंकका शाखा प्रमुखसहित अधिकांशमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय नै बन्द गर्नुपर्‍यो । तीन दिन पूर्णरुपमै शाखा कार्यालयहरु बन्द भयो । चौथो दिनको दिन भने २र३ जना कर्मचारीहरु राखेर केही सीमित सेवाहरु मात्रै प्रवाह गरेको बैंकले जनाएको छ ।

नेपाल बैंकर्स संघको तथ्यांकअनुसार राष्ट्रिय वाणिज्य बैंकका १६ वटा शाखा कार्यालयहरु कोरोना संक्रमणका कारण पूर्ण बन्द रहे । राष्ट्रिय वाणिज्य बैंक आफैले दिएको जानकारी अनुसार आइतबार पनि १५ वटा शाखा कार्यालयहरु पूर्ण रुपमा बन्द रहनेछन् । प्रदेश १ को विराटनगर र बसन्तपुर शाखा बन्द छन् भने मधेश प्रदेशका कठौंना, ईश्वनाथ, राजविराज र लाहान शाखा बन्द छन् ।

यसैगरी बागमती प्रदेशका भरतपुर, कोटेश्वर, बलम्बु साथै गण्डकी प्रदेशका भच्चेक, फलेवास, बेनी, कुश्मा, आबुखैरेनी, तालचोक शाखा कार्यालयहरु आइतबार बन्द छन् । सुदुरपश्चिम प्रदेशको मंगलसेन शाखा कार्यालय समेत आइतबार बन्द रहने बैंकले वेबसाइटमार्फत जानकारी दिएको छ ।

नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माका अनुसार आइतबारसम्म करिब ६ हजार बैंकका कर्मचारीहरु संक्रमित छन् । विहीबारसम्मको तथ्यांकअनुसार ६७ शाखा कार्यालयहरु पूर्ण रुपमा बन्द थिए । तर आइतबार यो बढेर सय नाघेको कार्यकारी निर्देशक शर्माले बताए । बैंकका सबै कर्मचारीहरुलाई संक्रमण पुष्टि भएपछि ती शाखा कार्यालयहरुबाट बैंकिङ सेवा नै ठप्प छन् ।

हालसम्म नबिल बैंकको सबैभन्दा धेरै शाखा कार्यालयहरु बन्द छन् । संघले दिएको जानकारी अनुसार १९ वटा शाखा कार्यालयहरु कोरोनाका कारण बन्द गर्नु परेको छ । आइतबारको तथ्यांक भने अपडेट भइसकेको छैन । उता एनआईशी एशिया बैंकका पनि कतिपय शाखा कार्यालयहरु बन्द छन् । प्राइम कमर्सीयल बैंकको चावाहिल शाखा कार्यालय पनि बन्द छ ।

ग्लोबल आइएमई बैंकको बानेश्वरमा रहेको शाखा कार्यालय समेत बन्द गर्नु पर्ने अवस्थामा पुगेको थियो । यी बैंकहरु प्रतिनिधिमात्रै हुन् । सञ्चालनमा रहेका २७ वट वाणिज्य बैंकहरु सबै कोरोनाका कारण निकै ठूलो समस्यामा छन् । कतिपय शाखाहरुबाट पूर्ण सेवा नै बन्द गर्नु पर्ने अवस्थामा पुगेको छन् भने कतिपय बन्द हुने सम्भावना देखिएको छ ।


प्रकाशित : २०७८ माघ ९, आईतवार १७:२२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

धान उत्पादन बढाउन र कृषि आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

मुख्यमन्त्री आचार्य र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने

भर्खरै

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech