लुदस, कपिलवस्तु
राष्ट्रघाती एमसीसीविरुद्ध नेकपासहित ६ दल र २ मोर्चाले आह्वान गरेको आजको नेपाल बन्दको असर देशभर परेका समाचारहरू प्राप्त भएका छन ।
देशका विभिन्न जिल्लाबाट प्राप्त समाचारअनुसार बन्दका कारण लामो तथा छोटो दूरीका सवारीसाधन ठप्प छन भने विद्यालय र बजार पनि खुलेका छैनन । बन्दको आह्वान गर्दै ६ राजनीतिक पार्टी, २ मोर्चाका नेता–कार्यकर्ता र देशभक्त जनसमुदाय बिहानैदेखि सडकमा उत्रिएका छन ।

बन्दकर्ताहरूले एम्बुलेन्स, पानी र दूध बोक्ने गाडी, प्रेस, कूटनीतिक नियोगका गाडी चल्न दिएका छन् भने अरू प्रायः सबै बन्द छन । बन्दमा जनसमुदायको व्यापक समर्थन देखिएको छ । यता कपिलवस्तुमा छिटफुट मात्रामा छोटो दुरीका गाडी चल्न थालेपछी बन्दकर्ता सड्कमा आउन थालेका छन् ।
जिल्लाको बाणगंगा ७ बनगाईमा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दधिराम आचार्य र विप्लवका पार्टी विशेष कमिटि सदस्य सुनिलको नेतृत्वमा बन्दकर्ताहरु सड्कमा आएका हुन् ।
बन्दकर्ता र प्रहरीविच केहीबेर भनाभन समेत भएको थियो ।




















