कपिलवस्तुमा ट्रयाक्टर दुर्घटना हुदाँ १८ जना घाईते भएका छन् । जिल्लाको बुद्धभुमि नगरपालिका वडा नम्बर १० चेतरादेईमा मंगलबार आज करिब दिउँसो ३ बजे लु ४ त ४४९२ नम्बरको ट्रयाक्टर दुर्घटनामा परेको हो ।
दुर्घटनाबाट दस बर्शिय बालक गम्भिर रहेको र थप उपचारको लागी भैरहवा पठाईएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । तौलिहवाको तौलेश्वरनाथ मन्दिरमा लागेको मेला को अवसर मा मुनडनगरेर घर फर्कने क्रममा ट्रयाक्टर दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । अन्य घाईतेहरुलाई कपिलवस्तु अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाई छ ।ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ ।




















