लुदस , जगदी
न बस्ने बास न गाँसको टु∙ो , न बर्तमानको आधार न सुनिश्चित भविष्यको यो पिडादायी कहानी हो विभिन्न लघुवित्तबाट अरुकै लागि ऋण लिएकी माया न्यौपाने अहिले बेसाहारा जस्तै भएकी छन् /
कपिलवस्तु नगरपालिका ११ बनगाई निवासी माया ६ महिनादेखि घर छाडेर हिडेको बताउछिन् ।
उनले विभिन्न लघुवित्त र समुह गरेर ११ वटा समुह बाट छिमेकी दिदि को प्रलोभनमा परेर ११ लाख लिएको उक्त महिलाले ६ लाख चलाएको बाँकी ५ लाख घरका लागि चलाएको बताएकी छन् । ती महिलाले चलाएको रकम नतिरेपछी माया आफु फसेको बताउछिन् । लघुवित्त र समुहले ऋण तिर्न भन्दै आफुलाई ताकेता गरेपछी आफुले ती महिलालाई भन्दा वेवास्ता गर्ने र तलाई मार्छु मारेपछी ऋण तिर्नु पर्दैन् भनेर बारम्बार धम्काउन थालेपछी आफुलाई घर परिवार र समुहबाट ज्यान मार्ने सम्मका धम्की आएपछी आफु ज्यान जोगाउन भागेको बताउछिन् । उनि ६ महिनादेखि कहिले पाल्पा बसपार्कमा कहिले कपिलवस्तु स्थित भलवार्ड जंगलमा रहेको रामदत्तिवनमा दिन विताएको र हाल जिल्लाको दक्षिणी क्षेत्रको एक मस्जितमा बस्नु परेको र आफु डिप्रेशनको सिकार भएको बताईन् ।
उनले पट्क पट्क फोन गरेर आफ्नो जिवन रक्षाका निम्ति हार गुहार गरेपछी हाम्रा सहकर्मी नुर मोहम्मद मुसलमान ले उनिसंग गरेको कुराकानी




















