फाल्गुन २८
प्रकाश गौतम
रुपन्देहीको तिलोत्तमा ९ मा आज जनता संग जनप्रतिनिधि कार्यक्रम सम्पन्न भएको छ । लुम्विनी मिडिया हवको आयोजना तिलोत्तमा वडा न ९को सहकार्य र देवदह टेलिभिजनको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै तिलोत्तमा ९ का वडा अध्यक्ष नारायण न्यौपानेले ५ बर्षको अवधिमा जन प्रतिनिधिले जनताका लागीनै काम गरेको बताउनु भयो । उहाले नगरको अरु वडाको तुलनामा बिकाश धेरै भएको भन्दै आफुहरुले नगर सगैं प्रदेश र केन्द्र बाट पनी बिभिन्न योजना पार्न सफल भएको बताउनु भयो । वडा अध्यक्ष न्यौपानेले आफ्नो कार्यकालमा भएका कामले आम नागरिक खुसी भएको दाबि गर्नु भयो । वडामा भएका बिकाशका योजनाले वडाको अनुहार नै फेरिएको बताउनु भयो । कार्यक्रममा वडा सदस्य मिस्सु शाही , अरुणा राना , सृजना बुढापृती , अन बहादुर थापाले आफुहरु दिनरात नभनि जनताका काममा केन्द्रित रहेको दाबि गर्नु भयो । नेकपा एमालेका वडा अध्यक्ष बाबुराम भन्डारीले वयाको बिकाशमा केही कमी कमजोरी रहेको आरोप लगाउनु भयो ।
नेपाली कागे्रसका वडा सभापती धुर्ब न्यौपाने ,माओबादीका बिष्णु भट्राई जनमुत्ति पार्टिका वडा अध्यक्ष भेल बहादुर थापाले जनप्रतिनिधिले गरेका कामको प्रशंसा गर्नु भएको थियो । तिलोत्तमा ९ का वडा सचिव माया गैरेले वडाले दिने सेवाका बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा वडा भित्रका बिभिन्न सघं सस्थाका प्रतिनिधि तथा वडा बासीले जनप्रतिनिधिलाई जिज्ञासा राख्नु भएको थियो । कार्यक्रमको सन्चालन लुम्विनी मिडिया हवका कार्यालय प्रमुख प्रकाश गौतमले गर्नु भएको थियो ।



















