जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक एवं केन्द्रीय सदस्य प्रमोद साहमाथि आक्रमण भएको छ । सांसद साहमाथि सर्लाहीको ईश्वरपुर नगरपालिका बयलबास बजारमा बिहान १० वजे संघातिक आक्रमण भएको हो । आक्रमणबाट साह घाइते भएका छन् ।
क्लबको भवन बनाउने विषयमा झडप हुँदा सांसद साहमाथि आक्रमण भएको बताइएको छ । शनिबार बिहान सर्लाहीको इश्वरपुर नगरपालिका ६ बयलवासमा फुलझरी युवा क्लब बनाउने नबनाउने विषयमा झडप भएको थियो । झडपमा सांसद साह र उनका अंगरक्षक घाइते भएको ईलाका प्रहरी कार्यालय केश्वरगंजले जनाएको छ।
उनका साथमा रहेका सुरक्षा गार्डलाई पनि कुटपिट भएको बताइएको छ । साहको टाउकोमा २०/२५ वटा टाँका लगाइएको छ । घाइते भएका सांसद साह र अंगरक्षकको स्थानीय स्वास्थ्य संस्थामा उपचार पश्चात् काठमाडौँ ल्याउँदै गरेको प्रहरीले जनाएको छ ।




















