मोहन बेल्वासे
साविकका बाणगंगा गजेहडा,मोतिपुर भलवार्ड, कोपवा, हथौसा, पट्ना गरि ७ गा.वि.स मिलेर बनेको बाणगंगा नगरपालिका जिल्लामै अगाडी रहेको विकसित हुँदै गरेको नयाँ शहर हो । चुरे सहित अधिकांश भित्रि मधेश तथा ग्रामिण भेगले ओगटेको बाणगंगा नगरपालिकामा अबको नेतृत्व बारे बहस सुरु भएको छ । आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न दल भित्रका आकांक्षी उमेद्वारहरुले टिकट पाउन लबिङ्ग सुरु गरिसकेका छन् ।
११ वटा वडा रहेको बाणगंगामा मुख्य प्रतिस्पर्धीका रुपमा रहेको नेकपा एमाले र नेपाली काँग्रेसका आधा दर्जन बढी नेताहरुले उम्मेद्वार बन्नका लागि टिकटको लबिङ गरिरहेका छन् । नेकपा एमाले भित्रका आकंक्षीहरुले आन्तरिक रुपमा नेता, कार्यकर्ता तथा नजिकका व्यक्तिहरुसँग भेट गरी आफ्नो पक्षमा माहोल बनाउने कामलाई जारी राखेका छन् । केन्द्र तथा प्रदेशको सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा भित्रका आकंक्षीहरुले पनि आफ्ना गतिविधिलाई सक्रिए बनाए पनि चुनावी गठबन्धनमा कस्तो सहमति बन्ने भनी एकिन नभएका कारण पर्ख र हेरको अवस्थामा रहेको देखिन्छ ।
नेकपा एमालेको तर्फबाट हालका नगर उपप्रमुख चक्रपाणी अर्याल मेयरमा आकांक्षा देखाएका छन् । अघिल्लो निर्वाचनबाट उपमेयरमा निर्वाचित भएपछि जनप्रतिनिधिको रुपमा गरेका अनुभवलाई थप कार्यान्वयनका लागि पनि आफ्नो नेतृत्व नगरका लागि लागि आवश्यक रहेको उनको दाबी छ ।
मुलुक संघीयतामा गएपछि बनेको नयाँ व्यवस्था अनुसार धेरै कुरा नौलो र सिकाइका रुपमा भएका कारण फेरी पनि आफू निर्वाचित भएमा ती अनुभवहरुलाई पूरा शक्तिका साथ प्रयोग गर्ने अवसर जुट्ने उनले उल्लेख गरे । आफुले पार्टीमा आफ्नो नेतृत्व के का लागि भन्ने विषयमा राखिसकेको हुदाँ पार्टीले मुल्याâन गर्नेमा आफु विश्वस्त रहेको बताए ।
नेकपा एमाले भित्रैबाट अर्को दरिला र पार्टी संगठनमा पूराना व्यक्ति जनप्रिय नेता हालका प्रदेश सांसद विष्णु पंन्थी मेयर का लागि बाणगंगा नगरको कार्यक्रर्ताको चाहाना आकांक्षा रहेको पाईएको छ । विपक्षीको गठबन्धन विरुद्ध उनि बलिया उमेद्वार ठानिन्छन् । जनप्रिय नेता मानिने पंन्थी मेयरमा आए केन्द्र तहदेखि स्थानीय तहसम्म एमाले विरुद्ध हुने सत्तारुढ दलको गठबन्धनलाई कडा चुनौतीका साथ विजय प्राप्त गर्न पर्ने र कार्यक्रर्ताहरुले उनि मेयरमा आए एमालेले सजिलै जित हात पार्ने चर्चा गरेका छन् ।
एमालेका निवर्तमान अध्यक्ष झविलाल पोख्रेल पनि बाणगंगाका मेयरका आकांक्षी चर्चाको सुचिमा छन् । पार्टीको जिल्ला नेतृत्वमा रहदा पट्क पट्क अरुलाई नेतृत्व दिईरहदा अव आफु बाणगंगाको मेयरमा रहि सुशासन र समृद्ध नगर बनाउन मेयरको आकांक्षी रहेको बताए । आफूले लामो समयदेखि राजनीतिक जीवनमा रहेर संगठन बिस्तार तथा व्यवस्थित गर्ने काममा अब्बल रहँदै आएको दाबी गर्दै यसपट्क पार्टीले आफ्नो मुल्याङ्गकन गर्नेमा आशाबादी रहेको बताए ।
यसैगरी एमाले भित्रैबाट अर्का आकांक्षी हुन् कृष्ण प्रसाद पौडेल राम्रै राजनीतिक पहिचान बनाएका उनले अघिल्लो निर्वाचनमा समेत पार्टीको निणर्य र सहमतिका लागि आफूले टिकट पाउनु पर्ने दाबी गर्दै अन्तिममा फिर्ता लिएका उनले यस पटक स्वभाविक रुपमा आफूले टिकट पाउनु पर्ने तर्क गरे । आफूले लामो समयसम्म पार्टी संगठन भित्र रहेर काम गरेको अनुभव रहेको तथा रोल क्रमका हिसाबले पनि टिकट आफूले पाउनु पर्ने उनको दावी छ ।
नेकपा एमालेका युवा नेता विश्व कार्कि पनी मेयरका आकांक्षीका रुपमा अगाडी देखिन्छन् । विभिन्न संघ संस्थामा कुशल नेतृत्व गरेका उनि युवा स्वरोजगार का साथै समृद्ध नगर सुखि नेपालीको सपना आफ्नो नेतृत्वमा पुरा हुने बताए ।
नगरको समग्र परिवर्तन शिक्षा, स्वास्थ्य, व्यवस्थित नगर पारदर्शी अर्थतन्त्रका लागि आफु नगरको नेतृत्व लिन तयार भएको बताए ।
एमालेका अर्का आकांक्षी अर्का हुन् जंजिर थारु समावेशिताका हिसाबले पनि पछाडि परेका थारु समुदायबाट आफू बलियो उमेद्वारका रुपमा रहनसक्ने उनले बताउँछन् । उनले नगर प्रमुखको उमेद्वारका लागि टिकटको आकांक्षा व्यक्त गर्नु रोल क्रमका हिसाबले स्वभाविक भएको उल्लेख गरे । उनले पार्टीको निणर्यलाई नै स्वीकार गरेर एमालेलाई जिताउने गरी एक भएर जानुपर्ने उनले बताए । यद्यपी पार्टीले गरेको निणर्य नै अन्तिम हुने एमालेबाट आकांक्षी नेताहरुले बताउँछन् ।
यस अघिको निर्वाचनमा मेयर सहित ३ वडाअध्यक्ष जित हात पारेको नेपाली काँग्रेस यस पट्क गठबन्धन गरेरै भएपनी नगरमा आफ्नो वर्चस्व जमाउने दाउमा छ । जसका कारण पनी बाणगंगाको चुनाव चर्चामा मानिन्छ । विगतको निर्वाचनमा भएका कमजोरीहरुलाई सुधार गरी पार्टी संगठनलाई बलियो बनाउने अभियानमा कांग्रेस रहेको नेताहरुले बताएका छन् । नेपाली कांग्रेसबाट नगरमा नगर प्रमुखको उमेद्वार बन्नका लागि आकंक्षीहरुको लाइन छ । हालका नगर प्रमुख मंगल थारु पुन मेयरमै दोहोरिने आकांक्षा देखाएका छन् । करिब ५ वर्षको अवधिमा आफू नगर प्रमुख रहँदा भौतिक पूर्वाधारको विकास, आर्थिक-सामाजिक रुपान्तरण, स्वास्थ्य, शिक्षा, रोजगार तथा खेलकूदको विकासमा गरेका काम र तयार पारिएको आधारशिलालाई पूरा गर्नका लागि पनि आफूले टिकट पाउनु पर्ने उनको दाबी छ ।
नेपाली कांग्रेसमा प्रभावशाली नेता मानिने दोलकराम घिमिरेपनी मेयरका दावेदार रहेका छन् । उनि नेपाली कांग्रेस महाधिवेसन प्रतिनिधि र हाल उद्योग बाणिज्य संघ कपिलवस्तुको अध्यक्ष रहेका घिमिरे ५ वर्ष अगाडी अन्तिम समयमा आएर पाटिका लागि आफुले योगदान गरेको हुदाँ विगतको योगदानका आधारमा आफुले टिकट पाउनेमा आशावादी रहेको बताए । एमाले र माओवादी केन्द्रको एकता रहदा नेकपाको वचश्र्व रहदा समेत आफुले उद्योग वाणिज्य संघमा विजयी भएको भन्दै बाणगंगा का जनता उद्योगी व्यापारी माझ आफुले मन जितेको र सजिलै जित्ने आधार तयार पारेको बताउछन् ।
कार्यक्रर्ता संगै आफुपनी यस विचमा जनसमुदायमा जाने र सम्बन्ध बिस्तार गर्ने कामलाई अझ बढी प्राथमिकताका साथ लागेका कारण यस पटक काँग्रेसले बाणगंगामा बलियो आधार तयार गरेको बताए । टिकट दिने समयमा पार्टीले न्यायपूणर् निणर्य गर्ने विश्वास उनको छ ।
नेपाली काँग्रेस भित्रबाटै अर्का आकंक्षी हुन् विष्णु थापा हालका कांग्रेस नगर सभापती हुन । उनले पनी पार्टीमा गरेको योगदान कार्यक्रर्ताको चाहना र नगर विकासका लागि आफ्नो उमेदवारी रहने बताउदै आएका छन् । पार्टीलाई अगाडी बढाउन आपसी मेलमिलापका साथै जन भावनालाई सर्वोपरि हितका लागि आफ्नो उमेद्वारीमा पार्टी नेतृत्व ले मुल्याâन गर्नेमा आशाबादी भएको उनी बताउछन् । हाल बाणगंगा ४ का वडा अध्यक्ष गणेश क्षेत्रीले पनि नगर प्रमुख पदको उमेद्वारी पाउनु पर्ने दाबी गर्दै आएका छन् । नगरकै महत्वपुणर् वडा मानिने वडा ४ मा आफुले गरेको विकास र युवा तथा पार्टी कार्यक्रर्ताको चाहनाका कारणपनी टिकट् आफुलाई दिनुपर्ने उनको दावी छ ।
यता नेपाली कांग्रेस क्षेत्र नं १ का महाधिवेशन प्रतिनिधि तथा लामो समय ट्रक समितिको अध्यक्ष तथा विभिन्न संघ संस्थाको अगुवाई गरिसकेका विष्णु न्यौपाने पनी आकांक्षी रहेको र मेयरमा आफ्नो बलियो आधारशिला रहेको बताउदै आएका छन् । उनले आफूले नेतृत्व गरेका संघ-संस्थाहरुमा कुशलतापूर्वक नेतृत्व गर्दै आएको दाबी गर्दै पार्टी र भात्रृ संघमा गरेका योगदानलाई समेत कदर गर्ने हो भने टिकट आफ्नो पक्षमा हुनुपर्ने बताए ।
मेयरका अर्का आकाक्षी हुन सुर्य बराल पाटिका नगर सचिव भएका बराल सहज सरल र युवा पाका पुस्ताका विच सजिलै घुलमिल हुने व्यक्तिका रुपमा परिचित छन् । उनको नाम पनी मेयरको चर्चामा छ । गत निर्वाचनमा बाणगंगाका ८ वटा वडामा पराजय व्यहोरेको काँग्रेसले मेयर सहित वडा नम्बर १ ,४, र १० गरी ३ वटा वडामा मात्रै अध्यक्ष पदमा जित हासिल गर्न सकेको थियो । गत निर्वाचनको उक्त नजिरलाई पनि मूल्याâन गर्दै पार्टी भित्रको योगदानका आधारमा आफूहरुले टिकट पाउनु पर्ने उनीहरुको दाबी छ ।
गत निर्वाचनमा बाणगंगामा तेस्रो शक्तिका रुपमा रहेको नेकपा माओवादी केन्द्र का केही नेता सहितका कार्यक्रर्ता नेकपा पार्टी फुट पश्चात एमालेमा गएका कारण कमजोर देखिएको माओवादी गत निर्वाचन कै पद सुरक्षित गर्नतर्फ लागि परेको छ । गठबन्धनबाट अगाडी बढ्नुपर्ने मान्यता राखेको माओवादी बाणगंगामा सके साविककै पद नभए केही लचिलो भएरै भएपनी प्रतिगमन विरुद्ध शसक्त भएर अगाडी बढ्ने लक्ष्यमा रहेको एक नेताले बताए ।
तर वडा नं ११ का वडा अध्यक्ष समेत रहेका सोमनाथ अर्यालले स्थानिय तहमा पार्टी कार्यक्रर्ताको आकांक्षा अनुसार अगाडी बढ्ने बताइृरहेको बेला सनिवार मात्र कपिलवस्तुमा सत्ता गठबन्धन संयन्त्र गठन् भएको छ । यसले सत्ता साझेदार दलहरुलाई जिल्लामा बलियो बनाएको नेताहरु बताउछन् । उनले वार्ता अव शुरु गर्ने बताउदै आफु पनी मेयरको आकांक्षी रहेको बताउछन् । यता राष्ट्रिय जनमोर्चाले पनी जनताले संघियता, एमसीसी नचाहदा नचाहदै लादिएको र प्रतिगमन विरुद्ध राष्ट्रियताको रक्षाका निम्ति पनी आफ्नो पार्टि अन्तिम समय सम्म सघर्ष गरिरहेको कारण यसपाली जनमत आफ्नो पक्षमा रहेको दावी गरेको छ । वडा नं ६ र ८ सहित अन्य ठाउँमा समेत आफ्नो दरिलो उपस्थिति रहेको बताउदै राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष डवल सिंह जि.सीले पार्टी निणर्य अनुसार प्रतिगमनका पक्षघर र राजाबादी सँग गठबन्धन नगरि जिल्लामा गठित संयन्त्र अनुसार अगाडी बढ्ने बताए ।
बाणगंगामा गत निर्वाचनको मत परिणाम र वर्तमान अवस्था
गत निर्वाचनमा बहुमत प्राप्त गरेको नेकपा एमालेभित्र टिकट पाउनका लागि दौडधुप जारी रहे पनि निकटतम प्रतिद्वन्दीका रुपमा रहेको नेपाली काँग्रेसका नेताहरुलाई भने गठबन्धनको सहमती कुर्नु पर्ने भएकाले अन्यौलता कायम नै छ । यद्यपी उनीहरु पनि आफ्नो नाममा टिकट पार्नका लागि नेताहरुलाई रिझाउने र कार्यकर्ता बीच पुगेर परिचित हुने अभियानलाई जारी राखेका छन् ।
नेकपा एमालेको धेरै नेतृत्व केन्द्र र प्रदेश सांसद सहित कार्यक्रर्ताको पकड् मानिदै आएको बाणगांगा नगरमा यसपाली मेयर आफ्नो पक्षमा पार्न गठबन्धन हुन नदिन अनेकन उपाय सहित बलियो उमेदवार खडा गर्ने पक्षमा एमाले रहेको छ । त्यसो हुन नसके बाणगंगामा विगतको विरासतलाई जोखाउनु पर्ने भएकाले पनि सोही अनुसार उम्मेद्वार छनोट गर्ने समयमा एमालेले निकै ध्यान पुर्र्याउनु पर्ने नेताहरुले बताउँदै आएका छन् । अवस्था गत निर्वाचनको जस्तो छैन । केन्द्र र प्रदेश सरकारका सत्ता गठबन्धन दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र तथा अन्य दलहरु एमाले हराउ अभियानमा लागिरहेका छन् । यसैगरी नेकपा फुटसँगै नेकपा एमाले भित्र असन्तुष्टि जनाउँदै बाहिरएका समूह पनि आफ्नो विरुद्धमा भएका कारण एमालेलाई चुनौती थपिएको छ ।
२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा अलग-अलग भएर चुनावमा होमिएका एमाले, काँग्रेस र माओवादी तथा अन्य साना दलहरु मध्ये एमाले बाहेकका सम्पूणर् राजनीतिक दल एक ठाउँमा उभिएपछि यसपटकको निर्वाचन परिणाम कस्तो आउने छ सजिलै अनुमान लगाउने सकिने अवस्था छैन । विगतको निर्वाचनमा हालका नगर प्रमुख मंगल प्रसाद थारु ले निकटतम प्रतिद्वन्दी एमालेकी हालकि राष्ट्रिय सभा सांसद विमला घिमिरेलाई ४ सय ६० मतले पछि पार्दै जित दर्ता गरेका थिए ।
थारुले १५ हजार ७ सय ३८ मत प्राप्त गरेका थिए भने घिमिरेले १५ हजार २ सय ७८ मत प्राप्त गरेका थिए । यसैगरी तेस्रो स्थानमा आएको राष्ट्रिय जनमोर्चाले ५०५ मत प्राप्त गरेको थियो । राष्ट्रिय जनमोर्चा पार्टीका दधिराम आचार्यले ४८५ , राष्ट्रिय प्रजातन्त्र पार्टीका र अन्य दल तथा विभिन्न स्वतन्त्र उमेद्वारहरुको मत समेत बाणगंगामा रहेको थियो ।
विगतको तथ्यांकलाई आधार मान्ने हो भने नेकपा एमाले र जनमोर्चा मिलेको खण्डमा मेयर हात पार्ने थियो । यसपाली नेपाली कांग्रेसले गठबन्धन जोगाउन सके जिल्लाभर कांग्रेसको अवस्था बलियो देखिन्छ यदि माओवादी केन्द्र एमाले संग मिलेमा मात्र पनी एमाले ढुक्क जस्तै देखिन्छ । सोही अनुपातमा हाल थप भएका मतदाताहरुको मत परिणाम रहने हो भने नेकपा एमालेले र कांग्रेस दुवै माओवादी र साना दल मिलाए मात्र नतिजा आफ्नो पक्षमा पार्ने देखिन्छ । त्यसका लागि राम्रै मेहनत गर्नु पर्ने देखिन्छ ।
तर, एमालेका लागि सवल पक्षका रुपमा गत निर्वाचनमा माओवादी तर्फ रहेका केही प्रभावशाली कार्यक्रर्ताहरु पार्टी एकिकरण भई नेकपा बनेपछि र त्यसपछिको एकता खारेजपछि उनी एमालेमै रहेका कारण साना दल राष्ट्रिय जनमोर्चा एकृकित समाजवादी र जसपा लाई नमिलाएको खण्डमा गत चुनावमा कांग्रेस र माओवादी को मात्र मिलनले देखाएको नतिजा ले यसपाली खाँसै फरक नदेखिने देखिन्छ । नेकपाबाट एमालेमै बसेका माओवादी पक्षका नेता र उनीहरुले जनस्तरमा बनाएको सम्बन्ध र उनका मतदाताहरु पनि एमालेलाई थप हुने भएका कारण एमाले कम्फर्ट जोनमा रहेको नेताहरुको दाबी छ ।
यसैगरी गठबन्धन दलहरुमा आन्तरिक रुपमा टिकटको विषयले मतभेद सिर्जना भएको अवस्थामा उक्त मत पनि आफूहरुलाई आउने र जित दर्ता गर्न थप सहज हुने एमालेको अनुमान छ ।
टिकटको पर्खाइमा रहेका गठबन्धन दलका नेताहरुले आफ्नो गतिविधिलाई अघि बढाए पनि सहमति अनुसार कुन दलले के उमेद्वारी पाउने विषय अझै अन्यौलमै रहेको छ ।
यद्यपी सहमति जस्तो सुकै बने पनि पूणर्ताका साथ लागू गरेर जाने सोच बनाएका उनीहरु आगामी निर्वाचनमा जित पक्का हुनेमा ढुक्क जस्ता देखिन्छन् । सम्पूणर् दलहरु गठबन्धन गरेर एक हुनु र एमाले भित्र असन्तुष्टि जनाई नयाँ पार्टी बनेको एकिकृत समाजवादीले मत घटाउन सहयोग पुर्याउने उनीहरुको अनुमान छ । बाणगंगामा विकसित हुँदै गरेको नयाँ शहर भएका कारण यहाँको राजनीतिक चेतना स्तर र जीवन शैलीलाई आधार मान्दा सबै कुराको निर्कियोल दलीय हिसाबले मात्रै गर्न मिल्दैन । उम्मेद्वारहरुको व्यक्तिगत सम्बन्ध र जनस्तरसम्मको सम्पर्कको आधारले पनि निर्वाचन परिणामलाई असर गर्ने निश्चित देखिन्छ ।
कपिलवस्तुको २०७४ सालको निर्वाचनालाई फर्केर हेर्दा
१. कपिलवस्तु नगरपालिका- कांग्रेस (९२५४), स्वतन्त्र (५६३१), संघीय समाजवादी ( ४०५४)
२. कृष्णनगर नगरपालिका- स्वतन्त्र (७१७८), माओवादी (३०८०), राप्रपा (२४३०)
३. बाणगंगा नगरपालिका- कांग्रेस (१५७३८), एमाले (१५२७८), जनमोर्चा (५०४)
४. बुद्धभूमी नगरपालिका- कांग्रेस (१००६३), एमाले (९९२६), संघीय समाजवादी (१७८२), माओवादी (१५६३)
५. महाराजगंज नगरपालिका- कांग्रेस (७७२४), स्वतन्त्र (६७४५), राप्रपा (७४९)
६. मायादेवी गाउँपालिका- संघीय समाजवादी (४७११), कांग्रेस (३३५२), मधेसी जन अधिका र (१९५८)
७. यसोधरा गाउँपालिका- कांग्रेस (३२७५), स्वतन्त्र (३१५५), नयाँ शक्ति (२२०३)
८. विजयनगर गाउँपालिका- एमाले (३५१२), स्वतन्त्र (३२८४), स्वतन्त्र (१६०५)
९. शिवराज नगरपालिका- एमाले (६१५५), संघीय समाजवादी (४७६२), राप्रपा (२६७१)
१०. शुद्धोधन गाउँपालिका- स्वतन्त्र (१८३७), स्वतन्त्र (१७६३), मधेसी जन अधिका र (१७३८)
यो समाचार चैत्र १३ गते आईतवार लुम्विनी दर्पण साप्ताहिकमा प्रकाशित छ ।




















