नमराज पौडेल, चन्दौटा
कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिकामा राष्ट्रिय जनमोर्चा र जनता समाजबादी पार्टी ( जसपा) विच चुनावी गठबन्धन भएको छ । शिवराज नगरपालिकामा नगर प्रमुख र उपप्रमुख १० अध्यक्ष तथा ३७ वडा सदस्य जसपाको भागमा परेको छ । भने १ जना वडा अध्यक्ष र ७ जना वडा सदस्य राष्ट्रिय जनमोर्चा शिवराजको भागमा परेको शिवराज नगरपालिका ३ का वडा अध्यक्षपदका उमेद्धार केयर सिंह अदैले बताउनुभयो ।
रा.ज.मो लाई वडा नम्बर १ मा २ जना, वडा नम्वर ३ मा २ जना, र अन्य वडामा गरि कुल ७ वडा सदस्य भागवन्डा गरिएको राजमो जिल्ला सल्लाहाकार अदैले बताउनु भयो । गत २०७४ सालको स्थानिय तहको चुनावमा राजमो बाट अदैले १८५ र जसपाबाट पारस केवटले ४५० मत प्राप्त गर्नुभएको थियो । अहिलको स्थानिय तहको चुनावमा वडा नंम्वर ३ मा नेपाली कांग्रेसबाट युवा नेता राजु खराल, नेकपा एमालेबाट निवर्तमान वडा अध्यक्ष टेकलाल सापकोटा, नेकपा माओबादीबाट कपिल खनाल, राजमो र जसपा संयुक्तबाट केयर सिंह अदैले वडा अध्यक्ष पदका लागी उमेद्धारी दिइने बताइएको छ । यसरी हेर्दा अदैलाई बलियो उमेद्धारक रुपमा हेरिएको छ । राजमो निस्वार्थ रुपमा सर्वहारा जनताको आवाज वकालत गर्ने पार्टी भएकोले, वडामा हुने भष्ट्रचारको अन्त्य गर्ने लागु औषध दुव्र्यसन,नियन्त्रण गर्ने, शिक्षा, स्वास्थ्य, खानेपानी,कृर्षि सिचाई लाई विषेश प्राथामिकता दिइने प्रतिबद्धता जनाउदै अदैले वडामा आफ्नो जित सुनिश्चत रहको दावि गर्नुभएको छ । विभिन्न सामाजिक काम मा सक्रियरुपमा काम गर्नु भएको, समाजमा राम्रो छवि रहेका अदै लाई जनताले राम्रो व्यक्ति रूप मा हेरेका छन,।




















