ताजा अपडेट

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बाणगंगा २ मा एमालेका उम्मेद्वार प्रति मतदाता आकर्षित, यस्ता छन् प्रतिवद्धता

Lumbini Darpan 2 २०७९ बैशाख २२, बिहीबार १८:१४
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु बैशाख २२
कपिलवस्तुको बाणगंगा नगरपालिका २ मा एमालेको घरदैलो कार्यक्रम तथा मतदाता भेटघाट उत्साहजनक रुपमा भईरहेको छ । एमालेको तर्फबाट वडाध्यक्ष पदका उम्मेद्वार बिष्णु प्रसाद पौडेल, वडा सदस्यमा सदस्यका उम्मेद्वार शान्ता पाण्डे, सुमित्रा दमाई, झिमलाल सापकोटा र प्रेम बहादुर रौतार थारु लगायतको जुझारु टिम रहेको छ ।

युवा, प्रखर वक्ता तथा विकासप्रेमी वडाध्यक्षका उम्मेद्वार पौडेल मतदाताका माग तथा आवश्यकता सम्बोधन गर्न ब्यस्त हुनुहुन्छ । सो क्रममा मतदाताले विकास प्रेमी नेता भएकाले अवश्य मत दिने प्रतिक्रिया दिएका छन् ।

वि.स.२०२८ सालमा गुल्मी जिल्लामा सामान्य परिवारमा जन्मिनुभएका वडाध्यक्षमा उम्मेद्वार पौडेल वडाध्यक्ष भएर एक कार्यकाल नगरमै उत्कृष्ट कार्य गरिसक्नुभएको छ । सिंगो बाणगंगा नगरपालिकाको नगर प्रवक्ताको जिम्मेवारी कुशलता पुर्वक सम्हाल्नुभएका पौडेल २०४९ सालबाट पार्टीको जनवर्गीय संगठन तत्कालिन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपाल ईलाका कमिटि सदस्यबाट राजनिति तथा सामाजिक कार्यमा होमिनुभएको हो ।

त्यसैगरि सोहि संगठनको जिल्ला कमिटि सदस्य, २०५१ सालमा साविक गाउँकमिटि उप सचिव भई जिम्मेवारी सम्हाल्नुभयो । त्यस पछि कपिलवस्तु आउनुभएका पौडेल अनेरास्ववियु जिल्ला कमिटिको सचिव तथा उपाध्यक्ष र लुम्बिनी अञ्चल कमिटि सदस्य हुनुभएको थियो भने त्यस पछि पार्टीकै साविक बाणगंगा गाउँकमिटिको अध्यक्ष भई ३ कार्यकाल जिम्मेवारी पुरा गर्नुभयो ।
त्यसैगरि राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुको सचिव तथा उपाध्यक्ष र लुम्बिनी अञ्चल कमिटिको सदस्य भई राजनीतिमा लामो अनुभव र संघर्ष गर्नुभएको थियो ।

अहिले नेकपा (एमाले) जिल्ला कमिटि कपिलवस्तुको जिल्ला कमिटि सदस्य रहनुभएको छ ।

यस्ता छन् प्रतिवद्धता
उहाँले वडाध्यक्षमा निर्वाचित भएसंगै वडाको पहिलो कार्यकालमा पुरा हुन नसकेका विकास निर्माणका कामहरु पुरा गर्ने, वडावासीलाई आवश्यक आधारभुत आवश्कयताहरुलाई पहिलो प्राथमिकता दिने र समृद्ध वडा, खुसी वडावासीको लक्ष्य लिएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुुभयो ।

वडा भित्रका अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, महिला, वालवालिका, गरिव, विपन्न सबै नागरिकलाई समावेश गर्दै विभिन्न विकास निर्माण तथा लक्षित वर्गका कार्यक्रमलाई अगाढि बढाउने बताउनुभयो । त्यस्तै अर्थतन्त्रको मेरुदण्ड कृषि क्षेत्रलाई प्राथमिकताका साथ आधुनिकिकरण गरि आत्मनिर्भर वडा बनाउनेमा जोड दिनुभयो ।

त्यस्तै सडका स्तरोन्नति, कालोपत्रे, धार्मिक, प्राकृतिक तथा पर्यटकीय स्थलको संरक्षण तथा प्रवद्र्धन, युवा रोजगार, खेलकुद, सिप विकास तालिम लगायत सम्पुर्ण क्षेत्रलाई विकास गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

घरदैलोमा ब्यस्त रहेका बेला वडामा मतदाताको प्रतिक्रिया के छ भन्ने प्रश्नमा सोहि वडाका निर्वाचन परिचालन समिति संयोजक ताराजन घिमिरेले संयौँ नेता तथा कार्यकर्ताको उपस्थितीमा अनुशासन पुर्वक समितिको कार्यतालिका अनुसार घरदैलो अगाडि बढिरहेको बताउनुभयो । उहाँले यो वडामा विगतका दिनमा पनि एमालेका निर्वाचित उम्मेद्वारले उत्कृष्ट काम गरेकाले अहिले पनि मतदाताले एमालेका उम्मेद्वारलाई नै जिताउने दावि गर्नुभयो ।

त्यस्तै वडा कमिटि अध्यक्ष नहकुल शाहीले टोल तथा केन्द्रिय स्तरका नेता तथा कार्यकर्ताहरुको सक्रिय उपस्थिती देख्दा जितको निश्चित रहेको दावि गर्नुभयो । दिनको ५ सय हाराआरीमा नागरिकको उपस्थिती रहेको र एमालेका योग्य र क्षमतावान उम्मेद्वारहरुलाई भोट हाल्न मतदाता आतुर रहेको प्रतिक्रिया आएको बताउनुभयो । एमालेका सम्पुर्ण उम्मेद्वारलाई अत्यधिक मतले विजयी गराउन वडा कमिटि लागिपरेको बताउनुभयो ।

त्यस्तै प्रचार प्रसार समिति संयोजक पुर्ण चन्द्र परियारले एमालेबाट निर्वाचित उम्मेद्वारहरुले विगतका दिनमा नगरमै उत्कृष्ट काम गरेकाले जनताको प्रवेश गर्ने लहर चलेको बताउँदै प्रचार प्रसारलाई तिब्र गतिमा अगाडि बढाईएको बताउनुभयो । परियारले प्रचार प्रसारमा सहयोग गर्ने सम्पुर्ण सञ्चार माध्यम प्रति धन्यवाद व्यक्त गर्दै एमालेको जित सुनिश्चित रहेको बताउनुभयो । निर्वाचन परिचालन समितिको निर्णय अनुसारनै निर्वाचन आयोगको आचार संहिता भित्र रहेर प्रचार प्रसारको कामलाई निरन्तरता दिईरहेको बताउदै २५ गते सम्म घरदैलो कार्यक्रम गर्ने बताउनुभयो ।

आर्थिक समिति संयोजक कृष्ण गैरेले निर्वाचन परिचालन कमिटिको सहमती र निर्णय अनुसारनै मितव्ययी रुपमा खर्च गरिएको बताउनुभयो । उहाँले घरदैलोमा सहभागी सम्पुर्ण खाना खाजा प्रदान गरिएको बताउदै अनावश्यक फजुल खर्च नगरी आर्थिक पारदर्शितालाई ध्यान दिईएको बताउनुभयो ।

यता सम्पुर्ण युवाहरुको साथ रहेकाले एमालेका उम्मेद्वारहरुले भारी मतले विजयी हासिल गर्ने राष्ट्रिय युवा संघ नेपाल निर्वाचन परिचालन कमिटि बाणगंगाका संयोजक तथा निर्वाचन परिचालन कमिटि बाणगंगाका सचिवालय सदस्य कमल क्षेत्रीले बताउनुभयो । पार्टीको जिल्ला कमिटि सदस्य, राष्ट्रिय युवा संघ नेपाल जिल्ला अध्यक्ष समेत रहनुभएका क्षेत्रीले पार्टीलाई अप्ठ्यरो परेको आवस्थामा पनि अहोरात्र खट्ने बताउनुभयो ।


त्यस्तै विद्यार्थीहरुको उत्तिकै साथ रहेको विद्यार्थी नेता बिष्णु घिमिरेले बताउनुभएको छ । अनेरास्ववियु कपिलवस्तुका सह–सचिव समेत रहनुभएका घिमिरेले सम्पुर्ण टोलका विद्यार्थीहरु पनि एमालेको उम्मेद्वारहरुलाई जिताउन लागि परेको बताउँदै समृद्ध वडा निर्माणका लागि एमालेका जनप्रतिनिधिको विकल्प नरहेको बताउनुभयो ।


प्रकाशित : २०७९ बैशाख २२, बिहीबार १८:१४

Lumbini Darpan 2

लेखकबाट थप

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

लुम्बिनीको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत

आज संसदको पहिलो बैठकमा कुन नेताले के बोले, संक्षिप्तमा

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

दुई समुदायको झडप रोक्न कपिलवस्तुमा निषेधाज्ञा

कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

बाबुल र दर्शन मालिकाका मालिक को हुन ? तौफिकको संलग्नता नभएको पुष्टि

गौर तनाव : सेना परिचालनपछि पनि राेकिएन आगजनी, भित्री भाग अझै अशान्त

गौर नगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी

राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय हुने फैसला

संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न

भर्खरै

  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech