बैशाख २५ । नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ । २ हजार ९ सय ५ जनामा गरीएको पिसिआर र १ हजार १ सय ५ मा एन्टिजेन गरी कुल ४ हजार १० जनामा गरीएको परीक्षणमा थप १७ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताए ।
यससँगै सक्रिय सङ्क्रमितको सङ्ख्या २ सय १ पुगेको छ भने २१ जना सङ्ब्रमणमुक्त भएको मन्त्रालयले पुष्टि गरेको छ ।




















