बैशाख २९ ।
निर्वाचन आयोगले निर्वाचनलाई सभ्य बनाउन सबैमा अपिल गरेको छ । आयोगले बुधबार विज्ञप्ति जारी गर्दै निर्वाचनलाई स्वच्छ, सहज र व्यवस्थित बनाउन मतदाता, राजनैतिक दल, नागरीक समाज, पत्रकार तथा निर्वाचनका सम्बन्धित सम्पूर्णमा अपिल गरेको हो ।
आयोगले विज्ञप्तिमार्फत मादक पदार्थ सेवन गरेको व्यक्तिलाइ मतदाता भएपनि निर्वाचन स्थलमा पस्न नदिन निर्देशन दिएको छ । त्यस्तै अशक्त र मतदान गर्न असक्षम मतदाताले निर्वाचन अधकृतको अनुमतिमा एकाघरको व्यक्तिलाई मतदानस्थलमा लिएर जान पाउँने र सँगै जाने व्यक्तिले मतदाताको ईच्छा बमोजिम मत हाल्नुपर्ने पनि पुन प्रष्ट पारेको छ ।
निर्वाचन आयोगले मतदान स्थलभित्र प्रवेश गर्ने मतदाता वा अन्य कुनै व्यक्तिले मोवाईल, क्यामेरा, फोटो खिच्ने सामाग्री, सलाई लाईटरजस्ता प्रज्वलनशील पदार्थ एसिड लान नपाउँने जनाएको छ । त्यस्तै हातहतियार, नमुना मतपत्र लगायतका कागजात, पार्टी वा उम्मेदवारहरुको निर्वाचन चिन्ह भएको वा जनिने वस्तु (लुगा, झण्डा लगायतका चिन्ह भएका वस्तु) मतदान स्थलमा लान नपाईने निर्वाचन आयाोगले स्पष्ट पारेको छ ।
आयोगले प्रतिबन्ध लगाएका कार्य गरेमा कार्य गरेमा वा भएमा कानुनी कारबाहीको व्यवस्था रहेको निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।




















