जेष्ठ ८ गते। पाल्पामा मोटर साइकल दुर्घटनामा परि १ जनाको ज्यान गएको छ ।सोही मोटरसाइकलमा बसेका मस्यामका रास्कोटी गम्भीर घाइते भएका छन् । भने तानसेन नगरपालिका–९, दमकडामा गएराति ११ः ३० बजेको समयमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
माथागढी गाउँपालिकाको कसेनी सराईबाट बाँसटारी आउँदै गरेको लु ७७ प २१३२ नम्बरको मोटरसाइकल दुर्घटनामा २२ वर्षीय योगेश रास्कोटीको मृत्यु भएको प्रहरीले बताए । मोटरसाइकलमा पछाडि बसेका तिनाउ गाउँपालिका–५, मस्यामका रास्कोटी गम्भीर घाइते हुनुभएको र उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाले बताए । दुर्घटनामा मोटरसाइकल चालक २४ वर्षीय जनक राना घाइते हुुुनुभएको छ । घाइतेको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।




















