जेठ ९ गते पाल्पा। पाल्पाको तानसेनबाट बुटवल आउने बाटोमा सुख्खा पहिरो खासेर सडक अवरुद्ध भएको छ ।सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने सडकको तिनाउ गाउँपालिका –५ कालीमाटीमा सोमबार दिउँसो सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । यस पहिरोले सडकमा ढुंगा र बाँसको झाडीसहित सुख्खा पहिरो ल्याएको हो । अहिले बुटवलदेखि पाल्पातर्फ आउने र जाने सवारीसाधन सडकमै रोकिएका छन् ।
सडक डिभिजन कार्यालयको दुईवटा जेसीबी परिचालन गरेर पहिरो पन्छाउने तयारी भएको प्रहरी चौकी प्रभासका प्रमुख भरत थापाले बताए ।सडक एकतर्फी खुलाउन पनि कम्तिमा दुईघण्टा लाग्ने उनको भनाई छ ।




















