जेष्ठ १०गते । बुटवलमा उपमहानगरपालिका वडा नं।९ कालिकानगर राज्यलक्ष्मी पथमा पार्कीङमा राखेको मोटरसाइकल हराएको खण्डामा सो खोजीका क्रममा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सैनामैना नगरपालिका–६ का १८ वर्षीय निश्चल बुढाथोकी र कञ्चन गाउँपालिका वडा नं।२ का १८ वर्षीय अभिषेक थारु रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले बताए।
बुटवल उपमहानगरपालिका वडा नं।९ कालिकानगर राज्यलक्ष्मी पथमा पार्कीङमा राखेको लु ५६ प २९०७ मोटरसाईकल गत शुक्रबार हराएको थियो । हराएको मोटरसाईकलको खोजीका क्रममा दुबैजनालाई मोटरसाईकल सहित सोमबार पक्राउ गरिएको प्रहरी प्रमुख केसीले बताए । दुबै जनालाई सवारी चोरी मुद्धामा थप अनुसन्धान भईरहेको उनले बताए ।




















