लुदस,
कपिलवस्तुको महाराजगंज नगरपालिका प्रमुखमा दोस्रो कार्यकालको लागि अब्दुल कलाम निर्वाचित भएका छन् । उनी नेपाली कांग्रेसका उम्मेदवार थिए । उनले १० हजार २००मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी एमालेका रामदास चौधरी ८ हजार ६६८ मत पाए । कलामले १ हजार ५३२ मत अन्तरले विजयी बनेका छन् ।
साथै उपाध्यक्षमा कांग्रेसकै उम्मेदवार रिता कुमारी चौधरी निर्वाचित भएकी छन् । उनले ११ हजार १६७ मत प्राप्त गरिन उनकी निकटतम प्रतिस्पर्धी एमालेकी भानमती यादवले ७ हजार २०० मत प्राप्त गरिन् ।
११ वडा रहेको नगरपालिकामा ८ वडामा नेपाली कांग्रेस अन्य ३ वडामा एमाले लोसपा र जनता प्रगतिशील पार्टीले १, १ वडा अध्यक्ष जितेका छन् ।
कलाम दोस्रो पटक नगरपालिकामा निर्वाचित भएका छन् । नगरको विकासको क्रममा अधुरा रहेका योजनाहरू अव पुरा गर्ने कलामले बताए । उनी साबिक शिसवा गाविस अध्यक्ष हुँदै अहिले दोस्रो पटक नगर प्रमुख र नेपाली कांग्रेसका विभिन्न पदमा रही काम गर्दै आएकोमा कांग्रेसको २०७८ सालको १४ औ महाधिवेशनबाट जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।
उपप्रमुख जितेकी रीताले सासुको मृत्युपछि उपमेयरको टिकट पाएकी हुन् । उनकी सासु शुभावतीको उम्मेदवारी दर्ता गरेपछि निधन भएको थियो । त्यसपछि कांग्रेसले रीतालाई उम्मेदवार बनाएको हो ।
शुभावतीले २०७४ को चुनाव जितेकी थिइन् । उपप्रमुख उम्मेदवार शुभावतीको मृत्युका कारण महाराजगञ्जमा ३ जेठमा चुनाव भएको हो ।
(कपिलवस्तु महाराजगन्ज नगरपालिकाको निर्वाचित जनप्रतिनिधिको नामावली)
मेयर- कांग्रेस- अब्दुल कलाम
उपमेयर- रिता कुमार कुर्मी
वडा नं १-कांग्रेस ः प्रमोद कुमार चौधरी
वडा नं २- कांग्रेस ः उजेर खान (जुबेर)
वडा नं ३ -कांग्रेस ः नयनदास मौर्या
वडा नं ४- लोसपा ः शैलेन्द्र नाथ शुक्ला
वडा नं ५- छेदी प्रसाद कुर्मी
वडा नं ६- कांग्रेस ःरामसिंह कुर्मी
वडा नं ७-जप्रपा ःरामरुप बढई
वडा नं ८- कांग्रेस ः योगेन्द्र कुमार केसी
वडा नं ९-एमाले ः फरिद अहमद खान
वडा नं १०-कांग्रेस ः शैलेन्द्र कुमार चौधरी
वडा नं ११-कांग्रेस ः धर्मेन्द्र कुमार पुरी




















