जेष्ठ १४ गते । लुम्बिनीको दाङमा गोली लागेर एकजनाको युवको मृत्यु भएको छ । दाङको बँगलाचुली गाउँपालिका र लमही नगरपालिकाको सिमाना पर्ने जँगलमा सिकार खेल्न गएका मध्य एकजनाको गोली लागेर शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यूमा परेका लमही नगरपालिका वडा नम्बर १ बौराह निवासी बर्ष २३ का कालुराम घर्ती मगरको मृत्यु भएको छ ।उनको घाँटीमा गोली लागेको र शबलाई लमही अस्पतालमा राखिएको छ।
सो घटनामा सँलग्न रहेको भन्दै प्रहरीले ८ जनालाई हिरासतमा राखेको छ ।जसमा बर्ष २८ का निम बहादुर घर्ती मगर, ४० का जिवलाल घर्ती मगर, २४ का दिल बहादुर घर्ती मगर, १७ का आकाश घर्ती मगर, १३ का विशाल घर्ती मगर, ५५ का ओम बहादुर घर्ती मगर, ३८ का खगेन्द्र घर्ती मगर र बर्ष ४० का बुद्दीमान घर्ती मगर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक सन्दिप बेलबासेले बताए । उनिहरु सबै लमही नगरपालिका वडा नम्बर १ बौराह निवासी र अहिले वडा प्रहरी कार्यालय लमहीको हिरासतमा राखिएको छ ।घटना बरे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।




















