जेष्ठ १६ गते काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि लिइएका सबै अनलाइन आवेदन रद्द गरेको छ । नयाँ सवारी चालक अनुमति पत्रको आवेदका लागि नयाँ अनलाइन प्रणाली सुरु गरिएको छ । यातायात विभागले नयाँ तथा वर्ग थपका लागि हालसम्म लिएका सबै अनलाइन आवेदनहरू रद्द गरेको हो ।
नयाँ लाइसेन्सका लागि मिति २०७९।०२।१६ गते सोमबार साँझ ६ बजेदेखि आवेदन खुला हुनेछ भने वर्ग थपका लागि अर्को साताको सोमबारबाट आवेदन खुला हुनेछ ।




















