जेष्ठ १७ गते । भैरहवाका अमिन टेक बहादुर रायमाझीलाई अख्तियारको टोलिले पक्राउ गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलको टोलीले नापी कार्यालय भैरहवाका अमिन टेक बहादुर रायमाझीलाई ३० हजार रुपैयाँ घुस सहित पक्राउ गरेको छ ।
सिद्धार्थनगर नगरपालिका वडा नं. १२ स्थित जग्गाको हाल साविकमा लागि ३० हजार घुस लिँदैगर्दा उनको निवास पुरानो नापी कार्यालय बाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसंधानका सूचना अधिकारी बेद प्रसाद भण्डारीले बताए ।




















