जेष्ठ १७ गते । बाँकेमा आज बिहान बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बैजनाथ गाउँपालिका–१ को स्थानीय प्रकाश खड्काकी ४ वर्षीया छोरी प्रज्ञा रहेकी छिन् ।
घाइते भएकी बालिकाको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रहरीले बताए।स्कुल बसको नम्बर नखुलेको आज बिहान १० बजे बालिकालाई ठक्कर दिएको थियो । बस सहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।




















