झापामा मोटरसाइकल चोरीमा गर्ने आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । ४ थान मोटरसाइकल सहित प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेहरूमा पाँचथर मिक्लाजुङ गाउँपालिका–५ बस्ने २१ वर्षीय चन्द्र कुमार योङवा र २० वर्षीय सुरेन्द्र भन्ने जिवन कुरुवाङ रहेका छन् ।
झापाको दमक नगरपालिका–६ नेपालीरिका होटल अगाडि पार्किङ गरी राखेको सोही नगरपालिका–४ बस्ने सुमन खड्काको मे. ११ प ५५१२ नम्बरको मोटरसाइकल शुक्रबार चोरी भएको हो ।मोटरसाइकल खोजी गर्ने क्रममा शुक्रबार बिहान सोही नगरपालिका–६ शंखधर चोकमा उनीहरूले उक्त मोटरसाइकल चलाई रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले अनुसन्धान गर्ने क्रममा उनीहरूले थप ३ वटा मोटरसाइकलहरु विभिन्न स्थानबाट चोरी गरेको भन्ने खुल्न आएको छ । चोरी भएका प्र।१–०१–०१५ प ८६९० नम्बर, प्र।१–०१–०१४ प १२४० नम्बर, मे ८ प ९२९७ नम्बरका मोटरसाइकल पाँचथर मिक्लाजुङ गाउँपालिकाका विभिन्न स्थानबाट प्रहरीले फेला परी बरामद गरेको छ ।




















