जेष्ठ १८ । आज केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भाएको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशका भू–भागमा आंशिक बदली रहेको छ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज राति प्रदेश १ र मधेस प्रदेशका थोरै स्थानहरुमा तथा वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताए ।




















