काठमाडौं । सरकारले असार मसान्तसम्म माध्यमिक शिक्षा परीक्षा एसइइ को परीक्षाफल सार्वजनिक गर्ने भएका छन् । एसइइ को परीक्षाफल सार्वजनिक गर्ने योजना अनुसार काम गरिरहेको बताएको छ ।
अहिले उत्तर पुस्तिका परिक्षणको काम भइरहेको र योजना अनुसार असार मसान्तसम्ममा परीक्षाफल सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले पूर्वनिर्धारित योजना अनुसार नै काम भइरहेको बताउनुभयो ।
गत बैशाख ९ देखि २० गतेसम्म भएको एसइइ परीक्षामा पाँच लाख १४ हजारभन्दा धेरै विद्यार्थी सहभागी भएका थिए ।




















