बुटवल, १९ जेठ । बुटवल १२ स्थित ढबाहा, फुटबल खेल मैदानमा पीस पार्कमा आजबाट रमाइलो मेला हुने भएको छ ।
जेठ १९ गते देखि २९ गते सम्म सञ्चालन हुने मेलाको तयारि पुरा भएको बुधबार एक पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ ।
जय माता दी एम्युजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्र। ली र मनकामना युवा क्लव ढबाहको आयोजनामा हुन गैरहेको पीस पार्क रमाईलो मेलाको सास्कृतिक कार्यक्रम दिउसो २ बजे देखि रातिको १० बजे सम्म चल्ने जय माता दी एम्युजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्र। ली का प्रबन्ध निदेशक राजविर जैसवालले बताए ।
मेलामा चर्चित कलाकार प्रकाश सपुत, प्रमोद खरेल, बद्रि पगेनी लगायत धेरै ख्याति प्राप्त कलाकारको प्रस्तुति रहने जैसवालले बताए ।
५०र७० टिकटदर कायम गरिएको मेलामा बृद्ध र असक्तको लागि भने प्रवेसमा कुनै शुल्क लाग्ने छैन । मेलाको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बिहीवार दिउसो २ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।




















