नेपालगन्ज ।नेपालगन्जमा राष्ट्रवादी युवाले राखेको राजा विरेन्द्रको शालिक हटाउने र राख्ने क्रममा झडप हुंदा प्रहरीले हवाई फायर गरेको छ ।
विरेन्द्रचोकमा राष्ट्रवादी युवाले राखेको शालिकलाई प्रहरीले केहीबेरमै हटाएपछि झडप भएको थियो ।युवाले ढुंगाले हान्दा चार जना प्रहरी घाइते भएपछि प्रहरीले भीडलाई तितरवितर गर्न सात राउन्ड हवाई फायर गरेको हो ।
केही समय अघि पनि त्यहां राष्ट्रवादी युवाले शालिक राखेका थिए । प्रहरीले राती नै हटाइ दिएको थियो ।
साथै, झडपका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् ।अहिले सो स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो । स्थितिलाई सामान्य बनाउने प्रयास भैरहेको प्रहरीले जनाएको छ ।




















