तिलोत्तमा जेठ २२
प्रकाश गौतम
परिचित बचत तथा ऋण सहकारी सस्था तिलोत्तमा १२ को आयोजनामा तेस्रो चौमासीक समिक्षा तथा कार्ययोजना गोष्ठी सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष चित्र बोहोराको अध्यक्षता तथा नेफस्कुन बुटवल शाखाका प्रबन्धक छत्र प्र धमलाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेफस्कुन बुटवल शाखाका प्रबन्धक छत्र प्र धमलाले सहकारीको स्थापना र सहकारीको माध्यम आर्थिक हिसावले आएको परिवर्तनको बिषयमा प्रकाश पार्नु भएको थियो ।
कार्यकक्रममा बोल्दै तिलोत्तमा वडा न १० का वडा अध्यक्ष गोपाल घिमिरे , १२ का अध्यक्ष सहदेव थारुले परिचित सहकारीले सामाजिक तथा आर्थिक बिकाशमा खेलेको भुमिकाको प्रशंसा गर्नु भएको थियो । कार्यक्रममा बोल्दै केन्द्रिय दुग्द्ध उत्पादक सघंका सदस्य हरि काफ्ले , लुम्बिनी बिषिष्टकृत सहकारी संस्थाका शिक्षा उप समितिका सदस्य यादव प्र अर्यालले अब सहकारीलाई उत्पादन र रोजगारी सगं जोडन पर्ने बताउनु भयो ।
कार्यक्रममा शिक्षा समितिका सदस्य सिता न्यौपाने , सस्थाका ब्यबस्थापक मेनुका थापा क्षेत्री , लगायतले बोल्नु भएको थियो । स्थानिय तहको चुनावबाट निर्वाचित जनप्रतिनिधि लाई सम्मान गरिएको कार्यक्रममा उपाध्यक्ष अनिता गुरुङ्गले स्वागत गर्नु भएको कार्यक्रमको संचालन सचिव राम ब कुवंरले गर्नु भएको थियो ।




















