जेष्ठ २४ । आजको मौसम एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हाल नेपालको पूर्व भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य पश्चिमी भू–भागमा स्थानीय वायुको प्रभाव छ । आज प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महासंघले जनाएको छ ।
आज राति प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशका भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महासंघले बताए । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा र मधेस प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताए ।




















