जेष्ठ २५ । आजको मौसम केही स्थानमा मेघगर्जन सहित बर्षा हुने सम्भावन रहेको छ । मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल नेपालकोे पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य पश्चिमी भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ ।हिजो रातिदेखि नै लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन सहित बर्षा भईरहेको छ । लुम्बिनी प्रदेशका अधिकांश स्थानमा बादल लागिराखेको छ । आज प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा मधेश प्रदेशका केही स्थानहरुमा तथा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताए ।
त्यस्तै आज राति प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा र मधेस प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बताए ।




















