लुदस , जितपुर
जिल्ला समन्वय समिति कपिलवस्तुको निर्वाचनमा प्रमुखका उम्मेदवारले बराबर मत प्राप्त गरेपछि गोला प्रथाबाट नेकपा एमालेका बाबुराम आचार्य निर्वाचित भएका छन् । यसअघि भएको मतदानमा दुबै उम्मेदवारले १०।१० मत प्राप्त गरे गोला प्रथाबाट नेतृत्व चयन गरिएको हो ।
त्यस्तै जिल्ला समन्वय समिति कपिलवस्तुको उप प्रमुखमा लोसपाका रमेश कुर्मी निर्वाचित भएका छन ।
आज सम्पन्न निर्वाचनबाट उनी उपप्रमुखमा निर्वाचित भएका हुन ।
जिसस कपिलवस्तुको निर्वाचनमा कांग्रेसले जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा (माओवादी केन्द्र)लाई साथमा लिएको छ भने एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र लोकताकित्रक समाजवादी पार्टी (लोसपा) बीच चुनावी तालमेल गरेको थियो । १० पालिकाको कुल २० मतमा कांग्रेस गठबन्धनतर्फ ११ मत र एमाले गठबन्धन तर्फ ९ मत रहेको थियो । सत्ता गठबन्धन रहेको कांग्रेस गठबन्धन तर्फबाट १ मत फ्लोर क्रस गरि एमालेतर्फ मत हालेपछी नतिजा बराबर भएको थियो उप प्रमुख मा भने २ मत क्रस भएको छ ।




















