जेष्ठ २७ गते । रुपन्देहीको जनता आधारभूत विद्यालयमा निशुल्क आँखा परिक्षण शिविर सम्पन्न भएको छ । शुद्धोधन गाउँपालिका स्तरीय साथी संजालको आयोजन तथा गाउँपालिका, सुनगाभा समुदायिक विकास केन्द्र र लाइन्य आँखा अस्पताल बुटवलको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिका सम्पुर्ण बसिहरु २०३ जनाले आखाँ परिक्षण गराएका थिय । भने ति मध्ये जटिल समस्य भएको व्यक्तिहरुलाई थप उपचारका लागि लाइन्य आँखा अस्पताल बुटवलमा पठाएको छ ।



















