असार १ काठमाडौं ।नेपालमा पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कसैको मृत्यु भएको छैन ।
परीक्षण गर्दा २ हजार ८५६ जनाको पीसीआर परीक्षणमा १९ जना र १ हजार ४९ जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी २५ जनामा संक्रमण पुष्टि भएको हो । स्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट १५ जना निको भएका छन् भने हाल देशभर ९७ जना सक्रिय संक्रमित रहेका छन् ।



















