लुदअ, दाङ
केन्द्रिय आयुर्वेद विद्यापीठ एवं शिक्षण अस्पताल बेलझुण्डी दाङको प्रशासन कक्षमा विद्यार्थीहरुले विभिन्न माग राख्दै तालबन्दी गरेका छन् । विद्यापीठमा अध्ययन गर्दै आएका विए।एम।एस ८औँ ब्याचका विद्यार्थीहरुले विभिन्न माग राखेर गत जेठ ३० गतेदेखि प्रशासन कक्षमा तालाबन्दी गरेका हुन् । २०७५र७६ मा भर्ना भएका ८औँ ब्याचका हाल द्धितिय प्रोफेशनलमा अध्ययनरत विद्यार्थीहरुले ५ बुँदे माग राख्दे प्रशासनको कार्यालयमा अनिश्चितकाली तालाबन्दी गरेका छन् ।
उनीहरुले नियमित रुपमा सम्पूर्ण विषयको पठनपाठनको ब्यवस्था गर्न माग गरेका छन्, भने प्रयोगात्मक कक्षाहरु संचालन हुनुपर्ने, अस्पतालमा डिउटी समय तालिका छिटोभन्दा छिटो प्रशासन गर्न, एजुकेशनल भम्रणको लागि एक हप्ताभित्रमा सम्पूर्ण प्रकृयाहरु पु¥याई सूचना प्रकाशस गर्न र शिक्षण अस्पतालमा ओपीडि सेवा सिघ्र संचालन गर्न माग गर्दै उनीहरुले माग पूरा नभएसम्म अनिश्चितकालिन तालाबन्दी गरेको पनि बताएका छन् ।
विद्यापीठमा दाङका मात्र नभई देशभरका विद्यार्थीहरु डाक्टर बन्नको लागि पढ्न आउने गर्दछन् । तर, क्याम्पसमा भने जस्तो सेवाहरु नहुँदा आफूहरुले धेरै समस्या भोग्न गरेको बुटवलबाट आएका ७औँ ब्याचका विद्यार्थीको भनाइ छ । उनका अनुसार क्याम्पसमा शैक्षिक क्यालेन्डर अनुसार पढाई नै हुँदैन् । उनले भने, ‘शैक्षिक क्यालेन्डर अनुसार हाम्रो एक पूरुप १८ महिनामा सकिनु पर्ने हुन्छ । हामी पढ्न आएक ५ वर्षभन्दा बढि भयो । हामीलाई पढ्ने भनेको साढे ४ वर्षमात्र हो । अहिले हामीलाई समयको धेरै महत्व रहेको छ । तर, हाम्रो पढाइ समय अनुसार नहुँदा समस्या भएको छ ।’ उनले नाममा टिचिङ अस्पताल भएपनि ओपीडिलगायतका सेवाहरु नहुँदा आफू जस्तै बाहिरी जिल्लाबाट डाक्टर बन्ने उद्देश्य लिएर आएका विद्यार्थीहरुलाई समस्या भएको बताए ।




















