असार ८ रोल्पा, । रोल्पामा रुन्टीगढी गाउँपालिकाको एक युवती मृतावस्थामा फेलापरेकी छन् । मृत फेला पर्नेमा रुन्टीगढी गाउँपालिका–५, छिन्नेटाकी १७ वर्षीया कृष्णी विक रहेकी छन् । प्रहरीका अनुसार विक सुतेको कोठामा सर्प समेत फेलापरेकाले सर्पले डसेको हुन सक्ने आशंका गरिएको छ । मृतकको शव परीक्षणको रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।
विक घरेलु तथा साना उद्योग विकास कार्यालयले सदरमुकाम लिवाङमा सञ्चालन गरेको ब्युटीपार्लर तालिममा सहभागी थिइन् । उनी कार्यालयको होस्टेलमा बस्दै आएकी थिइन् ।




















