असार ८ दाङ, । लुम्बिनी प्रदेश स्वास्थ्य तथा परिवार कल्यान राज्यमन्त्री विमला कुमारी खत्री ९वली०ले सर्वसाधारणको घरमा गएर कुटपिट गरेको घटनाका सम्बन्धमा छानविन गर्न प्रदेश सकारको छानविन समितिको टोली दाङ आएको छ ।घटनाबारे छानबिन गर्न बनको समितिको संयोजक आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा, महिला, बालवालिका तथा कानुनमन्त्री रमा घर्ती, मुख्य न्यायाधीबक्ता श्रीकृष्ण सुवेदीसहितको टोली दाङ आएको हो ।घटनाबारे छानविन गर्न आज प्रहरी र पीडित भनिएका परिवारका सदस्यसंग कुराकानी गर्दैछ ।समितिले घटनाबारे छानविन पश्यात प्रतिवेदन तयार पारेर मन्त्रीपरिषद्मा पठाउने समितिका संयोग सञ्चार मन्त्री शर्माले बताउनुभयो ।
तर राज्यमन्त्री वलीले भने वाईसिएल नेता एकराज बस्नेतसँग आफ्नो कारोवारका विषयमा कुरा गर्न भन्दै उनकै घरमा पुगेको बताउनुभयो । वाइसिएलका नेताले एकराजले ३५ लाख रकम अहिलेसम्म नदिएको भन्दै घरमा खोज्दै गएको र घरमा रहेकी श्रीमतिसँग हातहालाहालको अबस्था सिर्जना भएको उहाँले बताउदै आउनुभएको छ ।
राज्यमन्त्री वलीले गत जेठ ३१ गते विहान तुलसीपुर–५ स्थित एकराज बस्नेतको घरमा पुगेर उनकी श्रीमती र पाँच बर्षकी छोरीलाई हातपात गर्नुभएको थियो । सोही घटनाबारे छानविन गर्न प्रदेश सकारकारले छानविन समिति गठन गरेको हो।




















