असार८, काठमाडौं । रासायनिक मलको अभाव र पेट्रोलियम पदार्थमा भएको चर्को मुल्य वृद्धिविरुद्ध माइतीघर मण्डलामा किसानहरु प्रदर्शनमा उत्रिएका छन् ।उनीहरुले ‘किसानलाई तुरुन्त मल, बीउको व्यवस्था गर, मलमा भइरहेको कालोबजारीको अन्त्य गर’ लगायतको नारासहित प्रदर्शन गरेका छन् ।संयुक्त किसान आन्दोलनको ब्यानरमा उनीहरुले किसानलाई तुरून्त मलरबीऊको व्यवस्था गर्न माग गर्दै पम्प्लेटसहित प्रदर्शनमा उत्रिएका हुन् ।




















