असार १३ गते ।रुपन्देहीको देवदहमा बाल बिकास शिक्षकहरुका लागि क्षमता विकास कार्यक्रम सुरु भएको छ । देवदह नगरपालिकाको आयोजनामा बाल बिकास शिक्षकहरुका लागि ४ दिने क्षमता विकास कार्यक्रम सुरु भएको हो ।
देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेल बोल्दै ज्ञान, शिक्षा र बालबालिकाको सर्वाङ्गीण विकासमा बाल विकास शिक्षकहरुको भूमिका महत्वपूर्ण रहेको बताउँनुभयो । खरेलले नेपाल प्रविधीमा वाय सरेको भन्दै मोबाईल, टिभीका केही नकारात्मक कुराहरुले बालबालिकालाई विगार्दै लगेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले आफूले सिकेका सीप र ज्ञान बोलीमा मात्र नभई व्यवहारमा पनि लागू गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमले देवदहको शिक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै उहाँले शिक्षा महत्वपूर्ण रहेको र शिक्षामा लगानी गर्नुपर्नेमा जोड दिनुभयो । खरेलले देवदह नगरपालिकाको शिक्षा गुणस्तरीय, पारदर्शी र प्रतिस्पर्धी रुपमा विकास हुनेमा आफू विश्वस्त रहेको भन्दै कार्यक्रमको सफलताका लागि शुभकामना दिनुभएको छ ।
देवदह नगर प्रमुख ध्रुवप्रसाद खरेलको अध्यक्षतामा भएको कार्यक्रममा नगरका बाल शिक्षकहरु, नगरका वडाध्यक्षहरु र पत्रकारहरु लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा नेपाल सरकारका उपसचिव टिकाराम शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रम प्रशुराम ढकालको सञ्चालनमा सम्पन्न भएको थियो ।
सो कार्यक्रमको प्रशिक्षण यसु भुसालले गर्नुहुनेछ ।




















