असार १४ दाङ, । सल्यानमा विषादी सेवनबाट ३ वर्षीय बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा शारदा नगरपालिका ९ मेलटाकुरीकी ३ वर्षीय बालिका विमला बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । सल्यानमा मकैमा प्रयोग हुने किटनाशक विषादी सेवनबाट बालिकाको मृत्यु भएको छ ।
आमाबुबा खेतमा काम गरिरहेको समयमा आफ्नै घरको बरन्डामा खेल्ने क्रममा मकैमा राख्ने विषादी खाएपछि बेहोस भएकी बालिकाको सल्यान जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख सुमित खड्काले जानकारी दिनुभयो ।




















