असार १५, काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले प्रशासनिक तथा प्राविधिक पदहरुको पद्पूर्तिका लागि ६१ पदमा लिएको परीक्षामा उतीर्ण हुने उम्मेदवारको संख्या शून्य रहेको छ ।आयोगका अनुसार उपप्रशासकमा ४ पदका लागि १२, शाखा अधिकृतमा ४० पदका लागि ५४२, आर्थिक उपनियन्त्रकमा दुई पदका लागि तीन र लेखा अधिकृत १५ पदका लागि १२९ जना परीक्षार्थी सहभागी भएका थिए ।आयोगले मंगलबार सार्वजनिक गरेको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको नतिजामा उपप्रशासक, शाखा अधिकृत, आर्थिक उपनियन्त्रक र लेखा अधिकृत पदको खुलातर्फको परीक्षामा सहभागीमध्ये एकजना पनि परीक्षार्थी उत्तिर्ण हुन सकेका छैनन् ।
आयोगका अनुसार मुख्य कार्यालय सहायकमा ४३ पदका लागि ७७७ सहभागी परीक्षार्थी मध्ये खुला तर्फ १ जना मात्रै उत्तीर्ण भएका छन् ।२८ कात्तिक २०७७ देखि १६ मंसिरसम्म र २५ माघदेखि २७ फागुनसम्म लिएको प्रशासनिक तथा प्राविधिक पदहरुको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।उत्तीर्ण परीक्षार्थीहरुको प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ता २८ असारमा त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान, सूचना तथा सञ्चार प्रविधि केन्द्र पुल्चोकमा बिहान ११ बजे हुने आयोगले जनाएको छ ।




















