ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

पार्टीको विवाद बिसाउन सरकारको दुरुपयोग : विवादित मन्त्रीहरुलाई धमाधम नियुक्त गर्दै

Lumbini Darpan 2 २०७९ असार २१, मंगलवार ०८:०३
[sharethis-inline-buttons]

लुदअ, २१ असार, काठमाडौं
शहरी विकास मन्त्रालयका पदाधिकारीहरुका अनुसार रामकुमारी झाँक्री दीर्घकालीन सोचसहित शहरी विकासका नीतिगत अप्ठ्याराहरु फुकाउने तत्परतासहित काम गरिरहेकी थिइन् । तर उनको मन्त्रीपद अल्पकालमै सकियो, उनले बुनेका योजनाहरु मन्त्रालयमा असरल्लै छोडेर बाहिरिइन् ।

झाँक्रीसँगै मन्त्री भएका नेकपा एकीकृत समाजवादीका अरु तीन नेता पनि सरकारमा गरेको कामहरुका कारण होइन, पार्टीभित्रको भागबण्डा मिलाउन सरकारबाट बाहिरिए । आम चुनाव आउन ६ महिना पनि बाँकी नरहेको अहिलेको अवस्थामा समाजवादीको अर्को टिम सरकारमा प्रवेश गर्‍यो । हठात पुराना मन्त्री बोलाएर नयाँ पठाउनुलाई नेकपा एकीकृत समाजवादीले पार्टीको आवश्यकता भनेको छ ।

नेकपा एकीकृत समाजवादीले महिना दिनअघि गरेको आवश्यकताको महसुस सत्ता साझेदार अर्को दल जनता समाजवादी पार्टी ९जसपा०ले सोमबार गर्‍यो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले दश दिनको अवधिमा दुई पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । नेकपा एकीकृत समाजवादीको निर्णय अनुसार, १० असारमा चार मन्त्री र एक राज्य मन्त्री हेरफेर गरेका प्रधानमन्त्री देउवाले सोमबार जसपाको सिफारिसको आधारमा तीन मन्त्री हेरफेर गरेका हुन् । जनता समाजवादी पार्टी ९जसपा० का तर्फबाट मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार, मृगेन्द्रकुमार सिंह कृषि तथा पशुपंक्षी र प्रदीप यादव वन मन्त्री बनेका छन् ।

जसपा विभाजन नजिक पुग्दा डा।बाबुराम भट्टराईतर्फ उभिएका महिन्द्र राय यादवलाई जसपाले फिर्ता बोलाएको छ । अध्यक्ष उपेन्द्र यादवले असन्तुष्ट मोहम्मद इस्तियाक राई र प्रदीप यादवलाई मन्त्री बनाएर पार्टीभित्र बलियो बन्ने प्रयत्न गरेका छन् । अध्यक्ष यादवले आफू निकट रेणु यादव र रामसहाय यादवलाई पनि फिर्ता बोलाए । यसअघि २४ चैतमा प्रधानमन्त्री देउवाले गोविन्द बन्दीलाई कानून मन्त्री नियुक्त गरेका थिए ।

अर्थमन्त्री जनार्दन शर्मा
जसपाले आफ्ना पार्टीका तर्फबाट सरकारमा गएका नेताहरुलाई फिर्ता बोलाउने र नयाँ मन्त्रीहरु पठाउने निर्णय गर्नुको पछाडि फुटको संघारमा पुगेको पार्टीलाई बलियो बनाउने उद्देश्य जोडिएको छ । तर तुलनात्मक रुपमा राम्रो काम गरेका भनिएका र कम विवादित मन्त्रीहरु सत्ता साझेदार दलहरुले सरकारबाट फिर्ता बोलाउँदै गर्दा विवादमा मुछिएका अर्थमन्त्री जनार्दन शर्माबारे सरकार र उनको पार्टी माओवादी केन्द्र मौन छ । बाहिर जति चर्चा र विरोध भएता पनि मन्त्री बन्ने कुरामा उनको पार्टीभित्र विवाद छैन । अलिअलि देखिएका असन्तुष्टि पार्टी अध्यक्ष पुष्पकमल दााहाल प्रचण्डले नै व्यवस्थापन गर्न सक्ने खालका छन् ।

पार्टीको आन्तरिक समस्या बिसाउने चौतारोका रुपमा सरकारलाई प्रयोग गरेका नेकपा एकीकृत समाजवादी र जसपाले मन्त्री फिर्ता बोलाउँदा र नयाँ पठाउँदा उनीहरुले सरकारमा रहँदा जनताका समस्यालाई कति सम्बोधन गरे भनेर न मूल्यांकन गरे, न त नयाँ मन्त्रीहरुको योजना नै मागे । समाजवादीले बन्दै गरेको पार्टी विभाजित नहोस् भनेर सुरुमै मन्त्रीहरु हेरफेर गरेको प्रष्टीकरण दिइरहँदा जसपाले चाहिँ फुटको संघारमै पुगेको पार्टीलाई जोगाउन मन्त्रीहरु हेरफेर गरेको जनाएको छ । सोमबार जसपाका ३ मन्त्री फेर्ने निर्णय अध्यक्ष उपेन्द्र यादवले एकलौटी रुपमा गर्दा मन्त्री बनेका मोहम्मद इस्तियाक राई र प्रदीप यादव यसअघि डाक्टर बाबुराम भट्टराईको पक्षमा थिए ।

पार्टीमा बलियो उपस्थिति देखाउन शक्तिको दुरुपयोग गरेर सरकारमाथि समेत धावा बोलेका नेताहरुले शासकीय अस्थिरता नै निम्त्याउने गरी जथाभावी निर्णय गर्दा यो सरकार बन्नुको पृष्ठभूमि भने बिर्सिएका छन् । जबकी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा रहँदा उनले आफ्नो अपमान गरेको महसुस यादवले गरेका छन्, ओलीको नेतृत्वको पार्टीमा अपमानित भएको महसुस गरेरै नेपालले नयाँ पार्टी खोलेका हुन् ।

यति हुँदाहुँदै पनि पार्टीभित्र नेताहरुको स्वेच्छाचारी किन चलिरहेको छ, सरकार अस्थिर हुने गरी मन्त्रीमण्डल किन फेरबदल भइरहेको छ रु नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडा यसलाई विशेष परिस्थिति भनेर बुझ्नुपर्ने बताउँछन् ।

जसपाको सिफारिसमा मन्त्री बनेकाहरु मोहम्मद इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्र कुमार सिंह ९वायाँबाट क्रमशः० ।
‘पार्टीभित्रका कार्यकर्ताहरुको व्यवस्थापन गर्नु पार्टी नेतृत्वको प्रमुख तथा निर्धारित मध्ये एउटा दायित्व कार्यकर्ता व्यवस्थापनको कुरा पनि हो । कसैलाई मन्त्रीमात्रै ठूलो कुरा लाग्ला, सरकारको कुरा ठूलो लाग्ला । हामीलाई त पार्टीको कुरा ठूलो लाग्छ नि । त्यसैले गर्दा त्यो ब्यवस्थापन गरिएको पनि हो,’ खतिवडा भन्छन्, ‘बाहिरबाट पर्यवेक्षकले भन्ने कुरा एउटा हुन्छ । अर्को यसले सरकारको कामलाई कामको प्रभावकारितालाई प्रभाव पार्छ पार्दैन भन्ने प्रश्न छ केही न केही प्रभाव पार्छ तर अवषेशमा । मन्त्री हेरफेर हुनेबित्तिकै त्यही पार्टीका मन्त्रीहरु त्यही मन्त्रालयमा मात्रै प्रभाव पर्छ । व्यक्तिको हकमा समस्या पर्ला, निर्णय प्रक्रियामा समस्या पर्दैन भन्ने हामीलाई लाग्छ ।’

खतिवडाले यो जिकिर गरेता पनि मन्त्रालय बुझ्न र कामकारबाहीको लय पकड्न नेताहरु निकै समय लाग्छ । एक जनाले सुरु गरेको काम बुझ्न र त्यही अनुसार थप काम गर्न पहिलो त नेताहरुमा रुचि हुँदैन, दोस्रो रुचि भए पनि सहज हुँदैन । तर राजकीय सुविधाका निमित्त पार्टी बनाउने र भत्काउने पुरानै खेलोमेलो अझै पनि जारी रहेकाले जसपा र समाजवादी पार्टीमा त्यही प्रवृत्तिले निरन्तरता पाएको हो ।

जसपाका बरिष्ठ नेता अशोक राई आफूहरुको निर्णयले नकारात्मक सन्देश जाने भएता पनि कम अवसर आउने साना पार्टीका लागि मन्त्रीहरु फेरिरहनुपर्ने बाध्यता पनि भएको बताउँछन् । ‘साना पार्टीहरुको एउटा बाध्यताजस्तो पनि हुन्छ । साना पार्टीसँग कम अवसर हुन्छन् । कम अवसरलाई धेरै जनामा बाँड्नुपर्दाखेरिको व्यवहारिक समस्या पनि हुन्छ । तर पूर्वमन्त्रीजीहरुले गर्नुभएको कामलाई कतै बाधा अवरोध हुने भन्दा त्यसलाई निरन्तरता दिने नै कुरा हो,’ राईले भने, ‘त्यही भएर एउटा बाध्यताभित्र एउटा आवश्यकताभित्र काम गर्नुपर्ने अवस्था छ । अब यसको सन्देश कुनै किसिमले नकारात्मक गयो भने त्यसको जिम्मेवारी पनि हामीले बोक्नुपर्छ । हामीले जनतासँग क्षमा माग्नुपर्ने हुन्छ । पार्टी सञ्चालन गर्नका लागि कहिलेकाहीँ अप्रिय खालका कदम पनि उठाउनु पर्ने हुन्छ भन्ने यथार्थलाई हामीले जनतासमक्ष राख्नुपर्ने हुन्छ ।

उज्यालोबाट साभार


प्रकाशित : २०७९ असार २१, मंगलवार ०८:०३

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

देशभर एउटै ग्यास सिलिन्डर लागू गर्ने सरकारको तयारी

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech